Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

राहतको पर्खाईमा त्रिवेणीका भूकम्प प्रभावित 

बुधबार, कात्तिक २२, २०८०
tribeni2

रुकुम पश्चिम । जाजरकोट केन्द्रबिन्दु भएर गत शुक्रबार आएको भूकम्पको कारण पीडित तथा प्रभावित बनेका रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका सर्वसाधारणहरु राहतको पर्खाईमा रहेका छन् । यहाँका प्रभावितहरुले हालसम्म त्रिपालसमेत नपाएको गुनासो गरेका छन् । 

त्रिवेणी गाउँपालिकाले संक्लन गरेको प्रारम्भिक तथ्यांक अनुसार यहाँका एक हजार ९३५ घर पूर्ण रुपमा क्षति भएका छन् भने एक हजार २५८ घर आंशिक रुपमा क्षति भएका छन् । 

त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम बहादुर घर्तीका अनुसार त्रिवणी गाउँपालिकाका प्रभावितहरुले हालसम्म कुनै पनि निकायबाट राहत पाउन सकिरहेका छैनन् । पालिका एक्लै विपद्को सामना गरिरहेको जानकारी दिनुहुँदै एक्लैले मात्र त्यो सम्भव नरहेको उहाँले बताउनुभयो । सयौ घरपरिवार बिस्थापित भएर बसिरहेको बताईन्छ । 

उहाँका अनुसार सयौ घरपरिवारहरु त्रिपाल तथा टेन्ट नपाएर खुला आकाशमूनि चिसो रात बिताउन बाध्य भएका छन् । चिसोको कारण बालबालिका र जेष्ठ नागरिकहरुमा स्वास्थ्य समस्या बढ्न थालेको बताईएको छ । 

हालसम्म गाउँपालिकामा युनेस्कोले २० वटा त्रिपाल र सशस्त्र प्रहरीले २६८ वटा त्रिपाल मात्र उपलब्ध गराएको छ । गाउँपालिकाले प्रभावितहरुलाई राहतको व्यवस्था गरिदिन विभिन्न निकायहरुलाई अनुरोध समेत गरेको छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  ०९:०२
प्रतिक्रिया दिनुहोस्