Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूकम्प पिडितको लागी ऋषिरामद्वारा १० लाख सहयोग 

बुधबार, कात्तिक २२, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर ११ अर्मा घर भई हाल अमेरिकामा रहनुभएका ऋषिराम खड्का (आर.सी) ले भूकम्प पीडितहरुको राहतको लागि दश लाख रुपियाँ बराबरको सामाग्री सहयोग गर्नुभएको छ । 

खड्काले सानीभेरीका भूकम्प प्रभावितका लागि पहिलो चरणमा उक्त रकम बराबरको ३ सय थान त्रिपाल र २ सय थान ब्लाङकेट गाउँपालिकालाई  उपलब्ध गराउनुभएको हो ।उहाँले सबै भूकम्प पीडित तथा प्रभावितहरुलाई समानुपातिक रुपमा वितरण होस् भनी गाउँपालिकालाई उक्त सहयोग हस्तान्तरण गरेको जानकारी दिनुभयो । 

यस्तै दोस्रो चरणमा पाँच लाख रुपियाँ बराबरको २ सय पिस त्रिपाल सानीभेरी गाउँपालिकामा पुग्दै गरेको समेत खड्काले जानकारी दिनुभयो । 

शुक्रबार गएको भुकम्पले सानीभेरी गाउँपालिकामा मात्रै १० जनाको मृत्यु भएको छ भने दर्जनौ व्यक्ति घाईते हुनुभएको छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १५:०३
प्रतिक्रिया दिनुहोस्