Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मिलेर मात्र बिपत्तिलाई सामना गर्न सकिन्छ: मुख्यमन्त्री शर्मा

बुधबार, कात्तिक २२, २०८०
tribeni2

रुकुम पश्चिम । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राज कुमार शर्माले भुकम्पले सृजना गरेको बिपत्तिलाई सबै एकताबद्ध भएर सामना गर्नु पर्ने बताउनुभएकाे छ। प्रकृतिले सृजना गरेको बिपत्तिको सामना गर्नुको बिकल्प नरहेकाे उहाँकाे भनाइ छ ।

रुकुम पश्चिमकाे चौरजहारि नगरपालिका ४ मा भुकुम्प प्रभावितलाई राहत हस्तान्तरण गर्दै मुख्यमन्त्री शर्माले भुकम्प प्रभावितको खोज उद्दार,उपचार कार्य पश्चात् राहत र पुनःस्थापनामा ध्यान अघि बढेको बताउनुभयो। उहाँले भन्नुभयो जनताको सकृयता,सरकार, सहयोगीदाता सबैको पहलबाट चुनौतीको सामना गर्न सकिन्छ।

उहाँले एक्लै होईन सामुहिकतामा मात्र बिपत्तिको सामना गर्न सम्भब रहेकाे बताउनुहुँदै राहत पुनःस्थापन र पुनर्निर्माण कार्य सबै मिलेर मात्र पूरा गर्न सकिने उल्लेख गर्नुभयाे। सजिलोमा हुनेले अप्ठ्यारोमा रहेकालाई आफुसँग भएको दिएर सहयोग गर्नु आजको आबश्यककता रहेकाे उहाँकाे भनाइ छ ।

प्राकृतिक बिपत्ति सङगै प्रभावितको साथमा सरकार रहेको उहाँले बताउनुभयाे । बिपत्तिमा भनेजस्तो ब्यबस्थापन नभएपनि पहिलो दिन देखि खोज उदार र उपचारलाई जोड दिएर लागेको सरकार अहिले राहत सकलन ,बितरन र पुनःस्थापनामा लागेको मुख्यमन्त्री शर्माले बताउनुभयो ।

प्राकृतिक बिपत्तिबाट शिक्षा लिएर अघि बढने शर्माको भनाई छ। जाजरकोट, पश्चिम रुकुम र सल्यानका भुकम्प प्रभावित छेत्रमा कर्णाली प्रदेश सरकारका मन्त्रीहरु खटिएका छन। चौरजहारिका विभिन्न भुकुम्प प्रभावित ठाउँमा पुग्नु भएका मुख्य मन्त्री शर्मासँग भुकम्प प्रभावितले तत्काल अस्थायी बसोबास ब्यबस्था गरिदिन आग्रह गरेका छ्न ।

मुख्यमन्त्री शर्माले सबै मिलेर सुरक्षित रहने र सरकार ब्यबस्थापनमा लागेरै राहत समाग्री प्रभावित क्षेत्र पठाईरहेको बताउनुभयो।

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १८:४५
प्रतिक्रिया दिनुहोस्