Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

गुड नेवर्सद्वारा आठविसकोट र सानीभेरीका ५०० सय परिवारको लागि राहत प्रदान

बुधबार, कात्तिक २२, २०८०
tribeni2

रुकुम पश्चिम । भूकम्पबाट प्रभावित रुकुम पश्चिमको आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा गुड नेवर्स इन्टरनेसनल काठमाडौले राहत सामाग्री प्रदान गरेको छ । 

बुधबार आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा पुगेर गुड नेवर्स इन्टरनेसनलका कार्यक्रम व्यवस्थापक शंकर सुवेदीसहितको टोलीले राहत सामाग्री प्रदान गरेको छ । 

आठविसकोट नगरपालिकाका २०० घरधुरीलाई प्रतिघर २५ किलो चामल, ३ सय किलो दाल, २ लिटर तेल, १ किलो नुन र स्वच्छता सामाग्री प्रतिघर १ थानको दरले उपलब्ध गराएको गैर सरकारी संस्था महासंघ रुकुम पश्चिमका अध्यक्ष भिमराज ओलीले जानकारी दिनुभयो । 

त्यसैगरी सानीभेरी गाउँपालिकाका ३०० घर भूकम्प प्रभावित परिवारहरुको लागि राहत उपलब्ध गराईएको छ । यहाँपनि प्रतिघर परिवार २५ किलो चामल, ३ सय किलो दाल, २ लिटर तेल, १ किलो नुन र स्वच्छता सामाग्री प्रतिघर १ थानको दरले उपलब्ध गराएको छ ।

स्वच्छता सामाग्रीमा नुहाउने  र लुगा धुने साबुन, सेनेटरी प्याड, ब्रस, मञ्जन, रुमाल लगायतका सामाग्री रहेका छन् । सानीभेरी गाउँपालिकामा १४७ वटा त्रिपाल समेत उपलब्ध गराईएको छ । 

WhatsApp Image 2023-11-08 at 19.41.53_28e88aea1699452828.jpg
WhatsApp Image 2023-11-08 at 19.30.32_de9c99661699452824.jpg

प्रकाशित मिति: बुधबार, कात्तिक २२, २०८०  १९:५६
प्रतिक्रिया दिनुहोस्