सोसल मिडिया
हिजो आज सबैजसो मानिसको मुखमा झुण्डिएको शब्द हो तनाव । तनावलाई समयमै व्यबस्थापन गर्न नसके यसले मानसिक रुपमा समस्या बढाउने गर्दछ । हामीले तनाव कम गर्ने केहि टिप्सहरु यहाँ प्रस्तुत गरेका छौ ।
१. तनाव कम गर्न सबैभन्दा पहिले आफुलाई तनाव भएको कारण बुझ्नु पर्दछ । विशेषगरी ती मानिसबाट टाढा हुनुहोस् जसले तनाव बढाउँछन् ।
२. तनावलाई कम गर्न संगीत सबैभन्दा राम्रो विकल्प हुन्छ । तनाव भएको बेलामा मन भुलाउने संगित सुन्दा तनाव कम हुन्छ । तर पीडादायि संगित सुन्नु घातक हुनसक्छ ।
३. तनाव कम गर्ने अर्को विकल्प हो, दैनिक टहल्ने । दिनहुँ हिड्ने बानीको विकास गर्दा वा कुनै मिल्ने साथीलाई भेट्दा सहजै तनाव कम हुन पुग्दछ ।
४. व्यायामलाई रुटिनमा समावेश गरे शरिर र मस्तिष्कले आराम पाउँछ । साथै, व्यायामले मुड पनि ठिक पार्छ । तर यसकालागि नियमित व्यायाम गर्न आवश्यक छ ।
५. केही कुराले तनावमा पारिरहेको छ भने त्यसबारे परिवार, साथीभाइ, चिकित्सक वा थेरापिष्टसँग कुराकानी गर्दा पनि लाभ हुन्छ ।
६. तनाव व्यवस्थापनकालागि तनावको कारण खोज्नुहोस् । यदि तनावको वास्तविक कारण थाहा पाइयो भने आधा तनाव यत्तिकै कम हुनेछ ।
- विभिन्न एजेन्सीको सहयोगमा