Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूकम्पपछिको निरन्तर उद्धारमा वन रक्षकको टोली

बिहीबार, कात्तिक २३, २०८०
tribeni2

रुकुम पश्चिम । गत शुक्रबार आएको भूकम्पले क्षति गरेका जिल्ला विभिन्न स्थानमा पुगेर डिभिजन वन कार्यालय रुकुम पश्चिमको टोलीले उद्धारका विभिन्न कामहरु निरन्तर गरिरहेको छ । 

मंगलबार भूकम्पबाट प्रभावित क्षेत्र आठविसकोट नगरपालिका वडा नम्वर १४ मा उद्धार कार्यमा सक्रिय उक्त टोलीले बुधबार सानीभेरी गाउँपालिका ४ बलिबांगमा उद्धारका विभिन्न काम गरेको छ । 

कार्यालयको २० जनाको टोली भूकम्पपछिको उद्धार कार्यमा सक्रिय रहेको डिभिजन वन कार्यालयका निमित्त प्रमुख शेरबहादुर परियारले जानकारी दिनुभयो । 

उद्धारको क्रममा वन कार्यालयको टोलीले भूकम्पको कारण पुरिएका धनमाल, कागजात, अन्नपात निकालेर पीडित तथा प्रभावित परिवारलाई बुझाउने काम गरिरहेको छ ।  यसका साथै प्रभावितहरुको घरमा टेन्ट निर्माण गर्ने, त्रिपाल लगाउने लगायतका काममा सहयोग गरिरहेको छ । 

कार्यालय प्रमुखकै नेतृत्वमा रहेको यो टोलीले विपत्तिको अवस्थामा थोरै भएपनि मल्हम लगाउने प्रयन्त गरिरहेको छ । वन कार्यालयका कर्मचारीहरुले गरिरहेको यस कार्यले प्रभावित परिवारहरुलाई धेरै नै सघाउ पुगेको बताईन्छ । 

398381553_7496652483697745_4641353251597759052_n1699499519.jpg

398480052_7492885170741143_7287438810934986674_n1699499523.jpg

398566805_7496635213699472_6586358545689634800_n1699499526.jpg

398569964_7492898774073116_3452911369621712151_n1699499532.jpg

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  ०८:५३
प्रतिक्रिया दिनुहोस्