Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुममा सोलार आएको छैन, आधिकारिकता बुझेर मात्र समाचार सम्प्रेण गरौ : प्रशासन

बिहीबार, कात्तिक २३, २०८०
tribeni2

रुकुम पश्चिम । यति बेला जाजरकोट र रुकुमपश्चिमले भूकम्पको विपत्तिको सामना गरिरहेको छ । खोज, उद्धारपछि अहिले राहतको काम तिब्र रुपमा भईरहेको छ । 

बिहिबार बिहान कान्तिपुर दैनिक र ईकान्तिपुर डटकमले राहत बितरणको बिषयमा लेखेको एक समाचार गलत भएको भन्दै जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले प्रेस विज्ञप्ती जारी गरेको छ । 

‘भूकम्प राहतमा पूर्व अर्थमन्त्री शर्माको संवेदनहिन राननीति’ शिर्षकमा प्रकाशित उक्त समाचारमा सरकार र विभिन्न सार्वजनिक संघसंस्थाबाट जाजरकोट पठाईएका राहत सामाग्रीका ट्रक पूर्व अर्थमन्त्री जनार्दन शर्माको निर्देशनमा सल्यानको सल्लिबजारबाट मोडेर रुकुमपश्चिमको आठविसकोटमा वितरण गरिएको भन्ने उल्लेख छ । समाचारमा सोलार समेत वितरण गरिएको उल्लेख छ । 

तर जिल्ला प्रशासन कार्यालयले समाचारमा भनिएका सामाग्रीहरु जिल्ला प्रशासन कार्यालयको अभिलेखमा नरहेको र सम्बन्धित स्थानमा समेत वितरण नभएको जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तद्वारा हस्ताक्षरित विज्ञप्तीमा जिल्लामा प्राप्त राहतको विवरण प्रशासन कार्यालयमा अभिलेख गरेर मात्र वितरण गर्ने व्यवस्था रहेको उल्लेख छ । यस बिषयमा आठविसकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृतको भनाई उद्धत गर्दै प्रशासन कार्यालयले कहिकतै पनि समाचारमा भनिएका सामाग्रीहरु वितरण नभएको प्रट्याएको छ । 

प्रमुख जिल्ला अधिकारी पन्तले विपद्को समयमा यस प्रकार र अन्य प्रकारका समाचारहरु सम्बन्धित निकायबाट आधिकारिकता बुझेर मात्र सम्प्रेषण गर्न अनुरोध गर्नुभएको छ । 

370237120_1767260240377447_8749415663703892412_n1699507049.jpg

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १०:५७
प्रतिक्रिया दिनुहोस्