Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

'चिसोमा त्रिपालमै राख्न सकिन्न, तत्काल अस्थायी घर चाहियो'

जनताले जे गर्नुहुन्छ, तपाईकै भर छ भन्नुहुन्छ, म पीडाको बेला साथमै छु : पूर्वमन्त्री शर्मा
शुक्रबार, कात्तिक २४, २०८०
tribeni2

रुकुम पश्चिम ।  पूर्व अर्थमन्त्री एवम् प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले भूकम्पको कारण जनताका घरहरु भत्किएको र चर्किएकोले तत्काल अस्थायी रुपमा भएपनि राज्यले घरहरु बनाउनुपर्ने बताउनुभएको छ । 

रुकुम पश्चिमका पत्रकारहरुसँग भूकम्प प्रभावित क्षेत्र सानीभेरीमा कुरा गर्नुहुँदै उहाँले सधै जनतालाई त्रिपालमा राख्न नसकिने भएकोले तत्काल अस्थायी घरहरु बनाउन आवश्यक रहेको बताउनुभयो । 

रुकुम पश्चिममा मात्र १८ हजार चर्किएका घरहरु बनाउन आवश्यक रहेको उल्लेख गर्नहुँदै पूर्वमन्त्री शर्माले त्यसका लागि तीनै तहका सरकारको ध्यानाकर्षण गराउनुभयो । चिसो मौसममा त्रिपालमा बसेका सर्वसाधारणहरु बिरामी हुने सम्भावना बढिरहेकोले प्रदेश सरकारसँग तत्काल १८ हजार अस्थायी घर निर्माणको लागि जस्तापाता खरिद गर्न सल्लाह गरेको उहाँले जानकारी दिनुभयो । 

भूकम्पपछि आफूले निरन्तर प्रभावित क्षेत्रमा रहेका पीडितहरुको अवस्था बुझ्ने काम गरिरहेको उहाँले बताउनुभयो । पूर्वमन्त्री शर्माले पहिले उद्धार र उपचारको काममा व्यस्त भएको र अब राहत संकलन र वितरणको काममा सबै जनप्रतिनिधिहरु, राजनीतिक दलहरु एक भएर लागिपरेको उहाँको भनाई छ । 

‘सर्वसाधारणहरु अत्यन्त पीडामा हुनुहुन्छ, म उहाँहरुकै दुःखमा साथ दिने प्रयन्त गरिरहेको छु,’ शर्माले भन्नुभयो, ‘जनताले जे गर्नुहुन्छ, तपाईकै भर छ भन्नुहुन्छ, पीडामा रहेको नागरिकको यो आशा पुरा गर्ने कोशिसमा छु ।’

जिल्लामा आउने राहत प्रशासन कार्यालयमा अभिलेखिकरण हुने र आवश्यकताको आधारमा स्तानीय तहमा पठाएर तुरुन्तै वितरण हुने व्यवस्था मिलाएको समेत उहाँले जानकारी दिनुभयो । धेरै परिवार प्रभावित भएकोले राहत उपलब्ध हुन नसकेको र प्रयास निरन्तर जारी राखेको उहाँको भनाई छ । 

अस्थायी घर निर्माण भईसकेपछि पुनर्निमाणको काम सुरु हुने र प्राविधिक रुपमा अध्ययन गरेर आवश्यकताको आधारमा सर्वसाधारणका घरहरु बनाउनु पर्ने उहाँको धारणा छ । 

अहिले सडक, खानेपानी, बिद्यालय भवन, स्वास्थ्य संस्था लगायतको संरचनामा ठुलो क्षति पुगेको छ । पूर्वमन्त्री शर्माले अब बालबालिका, जेष्ठ नागरिक लगायत महिला, अपांगता भएका व्यक्तिहरु बिरामी हुनसम्ने सम्भावना देखिएकोले बेलैमा सतर्कता अपनाउन सरोकारवालाई जानकारी गराएको उल्लेख गर्नुभयो । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  ०६:३०
प्रतिक्रिया दिनुहोस्