Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूकम्पमा परि घाइते भएका नगर प्रहरीको उपचारका क्रममा मृत्यु

शुक्रबार, कात्तिक २४, २०८०
tribeni2

रुकुम पश्चिम / गत शुक्रबार गएको भूकम्पमा परेर घाइते भएका रुकुम पश्चिममा थप एकजनाको मृत्यु भएको छ ।

चौरजहारी नगरपालिका १ घारिगाउँ निवासी २२ वर्षिय निरोज विष्टको उपचारका क्रममा शुक्रबार विहान मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय  रुकुम पश्चिमका प्रहरी नायव उपरिक्षक नवराज भटराईका अनुसार कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत विष्टको मृत्यु भएको हो । उहाँ चौरजहारी नगरपालिकामा नगर प्रहरी पदमा कार्यरत हुनुहुन्थ्यो ।

यस संगै भूकम्पको कारण रुकुम पश्चिममा मृत्यु हुनेको संख्या ५३ जना पुगेको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १०:०३
प्रतिक्रिया दिनुहोस्