Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मृतक परिवार र सुत्केरीको लागि ब्लाङकेट वितरण

शुक्रबार, कात्तिक २४, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिममा भूकम्पमा परेर मृत्यु भएका परिवार र सुत्केरी महिलाहरुलाई लक्षित गरेर ब्लाङकेट वितरण गर्न थालिएको छ । 

जिल्ला प्रशासन कार्यालयले सुरु गरेको मृतकका परिवारलाई आर्थिक सहायता रकमसँगै न्यानो कपडा वितरण गरिएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईका अनुसार विभिन्न व्यक्ति तथा निकायबाट प्राप्त भएका तीन लाख रकम बराबरका ब्लाङकेट वितरण गर्न थालिएको हो । 

आज पहिलो दिन सानीभेरी गाउँपालिकाका मृतकका परिवार र सुत्केरी महिला, आठविसकोट नगरपालिका वडा नम्वर १४ छेपारेका मृतक परिवारलाई ब्लाङकेट उपलब्ध गराईएको छ । 

प्रयास ट्राभल्स एण्ड टुर्स, अमित नागरथ, प्रकाश केसी, शिव बहादुर प्रधानले उपलब्ध गराउनुभएको ब्लाङकेट आज उक्त स्थानमा वितरण गरिएको हो । भोलि आठविसकोट नगरपालिकाका अन्य स्थानमा वितरण गरिने प्रहरी नायब उपरिक्षक भट्टराईले जानकारी दिनुभयो । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  १९:१६
प्रतिक्रिया दिनुहोस्