मन्त्री परिषद

एकीकृत समाजवादी र जसपाबाट चार-चार जनाको नाम मन्त्रीमा सिफारिस

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्रीसमक्ष चार मन्त्रीको नाम पठाएको छ ।

एकीकृत समाजवादीबाट विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने भएको छ । खतिवडासँगै सचिव रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ ‘किसान’ मन्त्री र भवानी खापुङ राज्यमन्त्री बन्दैछन् ।

उनीहरुको नाम प्रधानमन्त्रीसमक्ष पठाइसकिएको बताईएको छ । स्रोतका अनुसार झाँक्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, आले शहरी विकास र श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन् । बुधबार स्थायी कमिटीमा बैठकमा झाँक्रीलाई स्वास्थ्य, खतिवडालाई शहरी विकास, आलेलाई नागरिक उड्डयन र श्रेष्ठलाई श्रममन्त्री प्रस्ताव गरिएको थियो ।

आकांक्षीहरुसँग छलफल गरेपछि तीन जनाको मन्त्रालय हेरफेर भएको स्रोतले बताएको छ ।


जसपाबाट पनि चार नाम सिफारिस

जनता समाजवादी पार्टी (जसपा)ले पनि चार मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएको छ । अध्यक्ष उपेन्द्र यादवले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, रेणू यादव, रामसहायप्रसाद यादव र प्रमोद साहको नाम बुझाएका हुन् ।

स्रोतका अनुसार राजेन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन, रेणूले भौतिक पूर्वाधार तथा यातायात, रामसहायले वन तथा वातावरण र प्रमोदले कृषि तथा पशुपंक्षी मन्त्रालय पाउनेछन् ।

 

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  १३:१०
प्रतिक्रिया दिनुहोस्