Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूकम्पबाट प्रभावित रेडियो निरन्तर प्रशारणमै, अब त्रिपालबाट टेन्टमा

शुक्रबार, कात्तिक २४, २०८०
tribeni2

रुकुम पश्चिम । कात्तिक १७ गते शुक्रबार राति आएको भूकम्पबाट क्षति भएको रुकुम पश्चिमको एक सामुदायिक रेडियोले अहिले टेन्टबाट पनि प्रशासन सेवालाई निरन्तरता दिएको छ । 

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ६ झुल्नेटाबाट सञ्चालित रेडियो समावेशी आवाजले रेडियो रहेको घरमा पूर्ण रुपमा क्षति भएतापनि निरन्तर प्रशारण भईरहेको छ । 

भूकम्प लगत्तै क्षति भएको घरबाट निस्केर त्रिपालमूनीबाट सञ्चालन हुँदै आएको रेडियो आज देखि टेन्टबाट सञ्चालनमा आएको छ । 

रेडियोका स्टेशन मेनेजर गोपाल ओलीका अनुसार त्रिपालबाट सञ्चालन गर्दा शीत चुहिने समस्याले रेडियोका सामाग्री समेतमा असर पर्न थालेको थियो । 
टेन्ट पाएपछि भने अब केहि सहज भएको ओलीको भनाई छ । पत्रकार महासंघको समन्वयमा जिल्ला विपद् व्यवस्थापन समितिले रेडियोलाई टेन्ट उपलब्ध गराएको हो । 

रेडियो कार्यरत पत्रकार तथा कर्मचारी भने अहिले पनि त्रिपाल मुनि रहेका छन् । पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसीले सञ्चारकर्मी र सञ्चारमाध्यामहरुले भूकम्पको प्रभाव खेपिरहेको बताउनुभयो । प्रभावित सञ्चारकर्मी र सञ्चारमाध्यामको सहजताको लागि विभिन्न निकायसँग सहकार्य भईरहेको उहाँको भनाई छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २४, २०८०  २१:३०
प्रतिक्रिया दिनुहोस्