नेशनल लाईफद्वारा  राहत सामाग्री वितरण

शनिबार, कात्तिक २५, २०८०

रुकुम पश्चिम । नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड रुकुम पश्चिमले प्रभावित परिवारहरुको लागि राहत सामाग्री उपलब्ध गराएको छ ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १ र आठविसकोट नगरपालिकाको ११ र १३ नम्वर वडाका प्रभावितहरुको लागि कम्पनीले राहत सामाग्री उपलब्ध गराएको हो । 

कम्पनीका रुकुम पश्चिम शाखा प्रमुख टंक हमालका अनुसार ३०० पिस बलाङकेट र त्रिपाल भूकम्प प्रभावित परिवारहरुको लागि हस्तान्तरण गरिएको हो । सम्बन्धित वडाका वडा अध्यक्षहरुको रोहवरमा कम्पनिका प्रदेश प्रमुख दिप नारायण खनाल र शाखाप्रमुख टंक हमालले भुकम्प पीडितलाई राहत उपलब्ध गराउनुभएको हो । 

शाखा प्रमुख हमालले बिनाशकारी भूकम्पको कारण पीडित तथा प्रभावित बनेकाहरुको दुखमा साथ दिन राहत उपलब्ध गराएको बताउनुभयो । 

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  १७:५०
प्रतिक्रिया दिनुहोस्