Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

एनआरएन अष्ट्रेलियाद्वारा सानीभेरीका भूकम्प प्रभावितहरुलाई राहत प्रदान

आइतबार, कात्तिक २६, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्वर ४ का भुकम्प प्रभावितहरुकाे लागि राहत सामाग्री प्रदान गरिएको छ । 

एनआरएन अष्ट्रेलियाद्वारा शनिबार सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टलाई राहत सामाग्री हस्तान्तरण गरिएको हो । एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष सन्जयराज पुरी सहितको टोलीले उक्त राहत सामाग्री हस्तान्तरण गर्नुभएको हो । 

एनआरएनले एक सय थान त्रिपाल, १२८ वटा कम्बल, पिफर्म, लत्ताकपडा र चाउचाउ सहितका राहत सामाग्री उपलब्ध गराएको हो । 

एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष सन्जयराज पुरीले बिनाशकारी भूकम्पलेको कारण पीडित तथा प्रभावित बनेकाहरुको दुःखमा सानो भएपछि सहयोग गरेर मल्हम लगाउन खोजेको बताउनुभयो ।

सबैले गरेको स सानो सहयोगले प्रभावितहरुको दैनिकीमा सहजता आउन सक्ने उहाँको भनाई रहेको छ । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  २०:१५
प्रतिक्रिया दिनुहोस्