सोसल मिडिया
रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्वर ८ दुलिमा एक घर भत्किदा चार जना घाईते भएका छन् । भूकम्पले चर्काएको झकबिर सुनारको उक्त घर बुधबार भाईटिकाको दिन टिका लगाएर बसेको बेला भत्किएपछि चार जना घाईते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक बिष्णु प्रसाद श्रेष्ठका अनुसार घर भत्किदा बाँफिकोेट गाउँपालिका –८ दुलिगाउँकी ७० बर्षिया आईती कामी, ६० बर्षिया बिरमी कामी, २९ बर्षिया एलिसा सुनार ओली र उहाँकी एक वर्ष पाँच महिनाकी डिबिना सिं ओली घाईते हुनुभएको हो ।
घाईते चारै जनालाई उपचारको लागि बुधबार राति नै जिल्ला अस्पताल सल्ले ल्याईएको थियो । उपचार पश्चात घाईते चारैजना अस्पतालबाट डिस्चार्ज भएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।
कात्तिक १७ गते राति आएको भूकम्पको कारण उक्त घर चर्किएको थियो । जोखिमपूर्ण अवस्थामा रहेका, चर्किएका घरमा नबस्न नेपाल प्रहरीले भूकम्प प्रभावितहरुलाई अनुरोध गरेको छ ।