कैदीबन्दीले कारागारमै लगाए भाईटिका 

बिहीबार, कात्तिक ३०, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिमस्थित जिल्ला कारागार कार्यालयमा रहेका कैदीबन्दीहरुले कारागारमै भाईटिका लगाएका छन् । 

कारागार प्रशासनका अनुसार बुधबार कैदीबन्दीहरुका आफन्तजनहरु आएर टिका लगाउनुका साथै विभिन्न परिकारहरुसँगै खाएर तिहार मनाउनुभएकाे हाे । 

अधिकांशका आफन्तजनहरु कारागार आउनुभएको र तिहारको लागि बनाएका विभिन्न परिकारहरु कैदीबन्दीहरुसँगै खाएर रमाउनुभएको थियो । 

टिका लगाउन र आफन्त भेटघाटको लागि भाईटिकाको अवसरमा बिहान ९ बजेदेखि बेलुका ४ः३० बजेसम्म समय निर्धारण गरिएको थियो । त्यस बिचमा कैदीबन्दीका आफन्तजनहरु आएर टिका लगाउनुभएको थियो । 

हाल रुकुम पश्चिमस्थित कारागार कार्यालयमा १४६ जना कैदीबन्दीहरु रहनुभएकाे छ। 

प्रकाशित मिति: बिहीबार, कात्तिक ३०, २०८०  २०:४०
प्रतिक्रिया दिनुहोस्