Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अत्याधिक रक्तश्राव भएपछि हेलिकप्टर मार्फत सुत्केरीको उद्धार

शुक्रबार, मंसिर १, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिममा एक सुत्केरी महिलालाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्वर ३ की २० बर्षिया फुलमाया ओलीलाई शुक्रबार बिहान हेलिकप्टर मार्फत उद्धार गरि कर्णाली प्रादेशिक अस्पतालमा थप उपचारको लागि लगिएको हो ।

बिहिबार सानीभेरी गाउँपालिका अस्पताल छोटे बगरमा जुम्ल्याह बच्चालाई जन्मदिनुभएकी ओलीको अत्याधिक रक्तश्राव भएको र रक्तश्राव नरोकिएपछि हेलिकप्टर मार्फत सुर्खेत पठाईएको प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले जानकारी दिनुभयो ।

जुम्ल्याह बच्चा मध्य एक जनाको मृत्यु भैसकेको छ भने एक जनाको निकै कम तौल (८५० ग्राम) को रहेको अस्पतालले जनाएको छ । प्रजिअ पन्तका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टरबाट ओलीको उद्धार गरिएको हो ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १, २०८०  १६:२९
प्रतिक्रिया दिनुहोस्