Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सुर्खेतबाट कालिकोट छुटेको बस दैलेखमा दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाईते

tribeni2

सुर्खेत / शनिबार दैलेखमा यात्रुवाहक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने सात जना घाईते भएका छन् ।

सुर्खेतबाट कालिकोटका लागि छुटेको ना ६ ख ९२२ नम्वरको बस कर्णाली राजमार्ग अन्तर्गत दैलेखको दुल्लु नगरपालिका वडा नम्वर १ स्थित दारेभिर नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि अछाम घर भएका ७४ बर्षिय भक्तबहादुर शाहिको घटनास्थलमै ज्यान गएको जिल्लाका प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी अनुपम श्रेष्ठले दिएको जानकारी अनुसार शनिबार राती ८ बजे दुर्घटना भएको र दुर्घटनास्थलमा प्रहरी पुगेर उद्धारको काम सुरु गरेको छ । बसमा ३५ भन्दा बढी यात्रु सवार रहेको जनाईएको छ ।

बस अनियन्त्रित भएर दुर्घटना भएको भनिएपनि खास कारण खुलेको छैन ।

प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  २१:१०
प्रतिक्रिया दिनुहोस्