Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्लेमा लागेको आगो नियन्त्रणमा 

शनिबार, मंसिर २, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्वर १ बराहटाकुरा देखि सल्ले जोड्ने झोलुंगे पुल भन्दा माथिको क्षेत्रमा लागेको आगो नियन्त्रणमा आएको छ । 

शनिबार बेलुका लागेको आगो नेपाली सेनाको चण्डीदल गण र नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आगलागी भएको आधा घण्टामै आगो नियन्त्रणमा आएको हो ।

नेपाली सेनाको चण्डीदल गणबाट उप सेनानी दुर्गा केसी र जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट प्रहरी सहायक निरिक्षक चन्द्र बहादुर खत्रीको कमाण्डमा भएको टोलीले आगलागी नियन्त्रणमा लिएको हो । 

आगलागीको कारण भने खुलेको छैन । सुकेको घाँसमा चुरोटको ठुटो वा सलाईको काँटि फाल्दा आगलागी भएको हुन सक्ने प्रहरी निरीक्षक बिष्णु प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । आगलागीबाट कुनै क्षति भने भएको छैन । 

WhatsApp Image 2023-11-18 at 17.47.14_6c4834341700311246.jpg

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  १८:०९
प्रतिक्रिया दिनुहोस्