Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रधानमन्त्री प्रचण्ड भोली रुकुम पूर्वको मैकोटमा आउनुहुने

शनिबार, मंसिर २, २०८०
tribeni2

रुकुम पूर्व । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोली रुकुम पूर्व आउनुहुने भएको छ । उहाँ जिल्लाको पुथा उत्तरगंगा गाउँपालिको वडा नम्बर १ मैकोटमा आउनु लाग्नु भएको हो ।

माओवादी केन्द्र रुकुम पूर्वले पार्टीको तीन महिने विशेष रूपान्तरण अभियान अन्तर्गत उहाँ मैकोट आउन लाग्नुभएको जानकारी दिएको छ । अभियानका लागि ७ प्रदेशका ७ वडामा पुग्ने कार्यक्रम अन्तर्गत प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष प्रचण्ड रुकुम पूर्व पुग्न लाग्नु भएको माओवादी केन्द्र रुकुम पूर्वका संयोजक कुमारी बरालले जानकारी दिनुभयो । 

अभियानका लागि जिल्ला पुग्न लाग्नुभएका उहाँ पार्टीको वडा समिति बैठकमा सहभागी हुनुहुने छ । बैठकमा उहाँले रिपोर्टिङ सुन्नुका साथै पार्टी कार्यकर्तालाई निर्देशन दिने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्र रुकुम पूर्वले जानकारी दिएको छ ।

त्यस्तै उहाँले सहिद परिवार तथा घाइते अपाङ्गहरूसँग भेटघाट गर्नुका साथै पार्टीका जिल्लास्थित अगुवा कार्यकर्ताहरूसँग भेटघाट गर्ने कार्यक्रम समेत रहेको छ ।

यस्तै प्रधानमन्त्री प्रचण्डले मैकोटमा परम्परागत रुपमा लाग्दै आएको मइँ छिउ मगराँत उत्सव, २०८० लाई उद्धाटनसंगै सम्बोधन गर्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री प्रचण्ड अभियानको सिलसिलामा यस अघि रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ६ मग्मा आउनुभएको थियो ।
 

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  १८:४०
प्रतिक्रिया दिनुहोस्