Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

हेल्पलाईन र अनलाईन रोधि मार्फत भूकम्प पीडितको लागि ५० हजार रकम सहयोग

आइतबार, मंसिर ३, २०८०
tribeni2

रुकुम पश्चिम । गत कात्तिक १७ गते राति गएको भूकम्पबाट पीडित तथा प्रभावितहरुको सहयोगका लागि रुकुम पश्चिमको चौरजहारीमा स्थापित सस्था सयुक्त हेल्पलाईन नेपाल र सयुक्त राष्ट्रिय केन्द्रिय अनलाईन रोधी व्यवस्थापन संघले सहयोग प्रदान गरेका छन् । 

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा रहेको प्रकोप व्यवस्थापन कोषको खातामा ५० हजार रकम जम्मा गरेर सहयोग गरिएको हो । 

हेल्पलाईन नेपालका सर्जन गौतमले कोषको खातामा रकम जम्मा गरेको बैंक भौचर चौरजहारी नगरपालिकाका प्रमुख पुष्प बादी र निमित्त प्रमूख प्रशासकिय अधिकृत शेरप्रसाद ढकाललाई बुझाउनु भएको छ । 

चौरजहारी नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा उक्त रकम जम्मा गरेर सहयोग गरेकोमा नगरपालिकाले हेल्पलाईन नेपाल र अनलाईन रोधी व्यवस्थापन संघलाई धन्यबाद ज्ञापन समेत गरेको छ ।  

संघमा आवद्ध सिन्धुपाल्चोकका परिमाया तामागं, सल्यानका सन्तोष राना र मीना वुढा बस्नेत, रुकुम पश्चिमका सुनिल वुढाथोकी, गीता हमाल र सर्जन गौतम, हाल मलेसियामा रहनुभएका धनुषाका केवल राय र अछामका धिरजकुमार क्षेत्री र अन्जली बि.क.ले उक्त रकम सहयोग गरेको संस्थाका प्रतिनिधि गौतमले जानकारी दिनुभयो ।

गौतमले बिपद्को समयमा सानो सहयोगले पनि ठुलो सहयोग हुने भएकोले रकम संकलन गरेको बताउनुभयो । आगामी दिनहरुमा पनि सहयोगको लागि विभिन्न कामहरु गर्ने योजना रहेको उहाँले जाउनुभयो । 

398581552_1540884236736221_7347087296448899192_n1700409648.jpg

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  २१:४१
प्रतिक्रिया दिनुहोस्