Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
भूकम्पकाे कहर

भूकम्पले क्षति गरेका बिद्यालयमा सिकाई केन्द्रमार्फत पढाईको तयारी

सोमबार, मंसिर ४, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिममा भूकम्पको कारण क्षति पुगेका बिद्यालयहरुमा अस्थायी सिकाई केन्द्र मार्फत पठनपाठन गर्ने तयारी गरिएको छ ।

दशै, तिहार र छठ पर्वको लागि बिदा गरिएका बिद्यालयहरु आज सोमबारबाट खुल्ने र क्षति पुगेका बिद्यालयहरुमा पठनपाठनमा समस्या हुने भएकोले अस्थायी सिकाई केन्द्र मार्फत पठनपाठन हुने भएको हो ।

शिक्षा समन्वय इकाई रुकुमपश्चिमका प्रमुख तारा प्रसाद पुनका अनुसार जिल्लाभरका ८४ विद्यालयमा भुकम्पले क्षति गरेको छ । जसमध्य ५२ वटा विद्यालय भवनहरु पुर्णरुपमा क्षति भएका छन् । भूकम्पले रुकुमपश्चिमको आठविसकोट नगरपालिका, सानीभेरी गाउँपालिका, त्रिबेणी गाउँपालिका र चौरजहारी नगरपालिकामा रहेका विद्यालयका भवनहरुमा पनि क्षति गरेपछि पठनपाठनमा हुने समस्या कम गर्न सिकाई केन्द्र मार्फत पठनपाठन गरिन थालिएको हो ।

इकाई प्रमुख पुनका अनुसार स्थानीय तहले कुन विद्यालयमा अस्थायी सिकाई केन्द्र संचालन गर्ने भनेर छनोट गरिसकेकाले सोमबार देखि अस्थायी सिकाइ केन्द्र मार्फत पठनपाठन सुरु गरिने छ । भूकम्पले सबैभन्दा बढी क्षति गरेको जिल्लाको आठविसकोट नगरपालिकामा १३९ वटा र सानीभेरी गाउँपालिकामा ७२ वटा अस्थायी सिकाइ केन्द्र स्थापना हुनेछन् । एक विद्यालयमा एउटा भन्दा बढि नै अस्थायी सिकाइ केन्द्र स्थापना हुने बताईन्छ । 

आठविसकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख ईन्द्र बहादुर बिष्टका अनुसार आईतबार बेलुकासम्म भूकम्पले क्षति गरेका नगरपालिका भित्रका ५३ वटा बिद्यालयमा १३९ वटा अस्थायी सिकाई केन्द्र बनाईसक्न आवश्यक व्यवस्था गरिएको छ । बिष्टका अनुसार ती बिद्यालयहरुमा ७६ वटा अस्थायी शौचालय समेत बनाईनेछ । आठविसकोटमा २५५ वटा कक्षा कोठामा भूकम्पले क्षति गरेको छ । 

अस्थायी सिकाइ केन्द्र स्थापनाको लागि युनिसेफले पाल, म्याट र अन्य समाग्रीको व्यवस्था गरेको र टेन्ट निर्माणको लागि आवश्यक पर्ने अन्य सामाग्रि गाउँपालिकाले व्यवस्थापन गरेको सानीभेरी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख भुपालसिंह विष्टले जानकारी दिनुभयो । अस्थायी सिकाइ केन्द्रको लागि बिद्यालयमा टेन्ट निर्माण गरेर पठनपाठन सुरु गरिने तयारी रहेको ओलीले बताउनुभयो । 

त्रिवेणी गाउँपालिकामा पनि २ वटा अस्थाई सिकाई केन्द्र स्थापना गरेर भुकम्प प्रभावित विद्यालयमा पठनपाठन सुरु गर्ने तयारी गरिएको छ भने चौरजहारी नगरपालिकामा सिकाई केन्द्र स्थापना हुने बताईएको छ ।

भुकम्पका कारण रुकुम पश्चिममा मात्रै विद्यालय भवनमा क्षती पुग्दा साढे १२ हजार विद्यार्थी पठनपाठनबाट प्रभावित भएको पाईन्छ । 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  ०७:३१
प्रतिक्रिया दिनुहोस्