Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

खोलागाउँबाट मुसिकोट जाँदै गरेको जिप दुर्घटना, २२ जना घाईते, ७ जनाको अवस्था गम्भिर

सोमबार, मंसिर ४, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ जना घाईते भएका छन् ।

सोमबार बिहान चौरजहारी नगरपालिका ८ को गोईरीज्यूलामा लु १ ज २२९७ नम्वरको जीप दुर्घटना हुँदा जीपमा सवार सबै घाईते भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईका अनुसार चौरजहारी नगरपालिका वडा नम्वर १० खोलागाउँबाट जिल्ला सदरमुकाम मुसिकोट तर्फ जाँदै गरेको जिप दुर्घटना भएको हो ।

अहिले घाईतेहरु सबैलाई चौरजहारी अस्पतालमा उपचारको लागि ल्याईएको छ । घाईते मध्य सात जनाको अवस्था गम्भिर भएको बताईएको छ । घटनाको थप विवरण आउन बाँकि रहेको छ । 
 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  ०९:५४
प्रतिक्रिया दिनुहोस्