Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीमा जिप दुर्घटनामा परेका दुई जनाको मृत्यु, १९ जना घाईते (पुरा विवरण)

सोमबार, मंसिर ४, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिममा सोमबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १९ जना घाईते हुनुभएको छ । 

चौरजहारी नगरपालिका –१० को खोलागाउँबाट जिल्ला सदरमुकाम मुसीकोट खलङगातर्फ आउँदै गरेको लु १ ज २२९७ नम्वरको यात्रुवहाक जिप मध्यपहाडि राजमार्ग अन्तर्गत चौरजहारी नगरपालिका –८ को गोईरीज्यूलामा दुर्घटना भएको हो । 

दुर्घटनामा परेर गम्भिर घाईते हुनुभएका चौरजहारी नगरपालिका –१३ का ४५ बर्षिय मस्त बहादुर ओली र सानीभेरी गाउँपालिका –२ निवासी सपना बुढाका १७ महिनाका छोरा प्रतिक बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारको लागि चौरजहारी अस्पतालमा पुर्याईएका ओलीलाई चौरजहारी अस्पताल र बुढालाई कर्णाली प्रदेश अस्पताल सुर्खेतले मृत घोषणा गरेको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरिक्षक नमराज भट्टराईका अनुसार दुर्घटनामा परेर थप १९ जना घाईते हुनुभएको छ । घाईतेमध्य गम्भिर अवस्थामा रहेका १० जनालाई थप उपचारको लागि जिल्ला बाहिर लगिएको छ ।

गम्भिर अवस्था रहेका चौरजहारी नगरपालिका –१३ निवासी ३७ वर्षिय जिप चालक भिमबहादुर बिक र ४ बर्षिया साहारा परियार, वडा नम्वर ११ निवासी ३० वर्षिय रणबहादुर ओली, वडा नम्वर १४ निवासी २४ वर्षिय प्रेम परियार र २६ वर्षिय कविता परियार र वडा नम्वर १० निवासी २५ वर्षिय प्रविर पुनलाई उपचारको लागि मेडिकल कलेज कोहलपुर लगिएको छ । उहाँहरुलाई हेलिकप्टर मार्फत थप उपचारको लागि त्यहाँ लिईएको हो । 

त्यसैगरी चौरजहारी नगरपालिका –१३ निवासी ४ बर्षिया डिला बिष्ट, सानीभेरी गाउँपालिका वडा नम्वर २ निवासी २० वर्षिया सीता पुन, २८ वर्षिया सिता बिष्ट र ८ बर्षिया दिपशिखा पुनलाई थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ । अन्य नौ जना घाईतेहरुको भने चौरजहारी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 

क्षमता भन्दा बढी यात्रु बोकेको उक्त जिप अनियन्त्रित हुँदा करिब तीन सय मिटर तल सानोभरी किनारमा खसेको बताईएको छ । १२ जना यात्रु बोक्ने अनुमति रहेको उक्त जिपमा चालक सहित २१ जना यात्रु रहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १७:२९
प्रतिक्रिया दिनुहोस्