Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बैंकिङ कसुर मुद्धामा फरार एक जना आठविसकोटबाट पक्राउ

सोमबार, मंसिर ४, २०८०
tribeni2

रुकुम पश्चिम । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बैंकिङ कसुर मुद्धामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ । 

जिल्लाको आठविसकोट नगरपालिका वडा नम्वर १० निवासी ४८ वर्षिय तिलबिरे कामीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु प्रसाद श्रेष्ठका अनुसार पक्राउ परेका प्रतिवादी कामीलाई अदालतमा हाजिर गराई आज सोमबार कारागार चलान गरिएको छ । 

बैंकिङ कसुर मुद्धा लागेका कामी बिरुद्ध उच्च अदालत पाटनले २०७८ असोज १२ गते सात दिन कैद, १४ लाख ५० हजार जरिवाना र ५८ हजार रुपियाँ क्षतिपूर्ति ठहर हुने फैसला गरेको थियो । फैसला यता फरार रहेका कामीलाई आठविसकोट नगरपालिका १० बाटै पक्राउ गरिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । 

पक्राउ पश्चात कैद सजाय र जरिवाना असुलको लागि रुकुम जिल्ला अदालतमा उपस्थित गराईएको र अदालतको आदेश अनुसार कारागार चलान गरिएको उहाँले बताउनुभयो । फैसला कार्यान्वयनको सिलसिलामा प्रहरीले फरार रहेका कामीलाई पक्राउ गरेको हो । 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्