Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारी जिप दुर्घटना अपडेट : दश जना घाईतेको अवस्था गम्भिर 

६ जनालाई हेलिकप्टर र ४ जनालाई एम्बुलेन्स मार्फत थप उपचारको लागि लिईयो
सोमबार, मंसिर ४, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारीमा भएको जिप दुर्घटनामा परेर घाईते भएका १९ जना मध्य १० जनाको अवस्था गम्भिर रहेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गम्भिर अवस्थाका घाईतेहरुलाई थप उपचारको लागि सुर्खेत र नेपालगञ्ज रिफर गरिएको छ । 

चौरजहारी नगरपालिका –१० को खोलागाउँबाट जिल्ला सदरमुकाम मुसीकोट खलङगातर्फ आउँदै गरेको लु १ ज २२९७ नम्वरको यात्रुवहाक जिप मध्यपहाडि राजमार्ग अन्तर्गत चौरजहारी नगरपालिका –८ को गोईरीज्यूलामा दुर्घटना भएको थियो । 

दुर्घटनामा परेर गम्भिर घाईते हुनुभएका चौरजहारी नगरपालिका –१३ का ४५ बर्षिय मस्त बहादुर ओली र सानीभेरी गाउँपालिका –२ निवासी सपना बुढाका १७ महिनाका छोरा प्रतिक बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक बिष्णु प्रसाद श्रेष्ठका अनुसार दुर्घटनामा परेर गम्भिर घाईतेहुनुभएका छ जनालाई हेलिकप्टर मार्फत र चार जनालाई एम्बुलेन्स मार्फत थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा लगिएको छ । 

गम्भिर अवस्था रहेका चौरजहारी नगरपालिका –१३ निवासी ३७ वर्षिय जिप चालक भिमबहादुर बिक र ४ बर्षिया साहारा परियार, वडा नम्वर ११ निवासी ३० वर्षिय रणबहादुर ओली, वडा नम्वर १४ निवासी २४ वर्षिय प्रेम परियार र २६ वर्षिय कविता परियार र वडा नम्वर १० निवासी २५ वर्षिय प्रविर पुनलाई उपचारको लागि मेडिकल कलेज कोहलपुर लगिएको छ । उहाँहरुलाई हेलिकप्टर मार्फत थप उपचारको लागि त्यहाँ लिईएको हो । 

त्यसैगरी चौरजहारी नगरपालिका –१३ निवासी ४ बर्षिया डिला बिष्ट, सानीभेरी गाउँपालिका वडा नम्वर २ निवासी २० वर्षिया सीता पुन, २८ वर्षिया सिता बिष्ट र ८ बर्षिया दिपशिखा पुनलाई थप उपचारको लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।

अन्य नौ जना घाईतेहरुको भने चौरजहारी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । क्षमता भन्दा बढी यात्रु बोकेको उक्त जिप अनियन्त्रित हुँदा करिब तीन सय मिटर तल सानोभेरी किनारमा खसेको बताईएको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  २०:१६
प्रतिक्रिया दिनुहोस्