Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीमा मोटरसाईकलको ठक्करबाट भाउजुको मृत्यु, नन्द घाईते 

सोमबार, मंसिर ४, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिममा छुट्टाछुट्टै समयमा मोटरसाईकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने एक महिला घाईते हुनुभएको छ ।

आईतबार बेलुका सानीभेरी गाउँपालिकाको वडा नम्वर ९ हाँसिबांगमा र सोमबार बिहान सोहि वडाको हाँसिबांग नजिकै खारखोलामा मोटरसाईकलले दुई जना महिलालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

आईतबार रा ६ प ४२२८ नम्वरको मोटरसाईकलले सानीभेरी गाउँपालिका ९ हाँसिबांग निवासी ६५ बर्षिया कमली खड्कालाई ठक्कर दिएर घाईते बनाएको थियो । उपचारको लागि प्रदेश अस्पताल सुर्खेत लगिएकी खड्काको उपचारको क्रममा सोमबार बिहान मुत्यु भएको प्रहरी निरीक्षक बिष्णु प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 

खड्कालाई घाईते बनाएर फरार रहेका मोटरसाईकल चालक सानीभेरी गाउँपालिका ९ सिम्लीका २६ वर्षिय यमराज बिष्टलाई नियन्त्रणमा लिईएको छ । 

त्यसैगरी सोमबार बिहान मृतक कमला खड्काको घरमा जाने क्रममा सानीभेरी गाउँपालिकाको वडा नम्वर ९ हाँसिबांग नजिकै खारखोलामा एक अर्को मोटरसाईकलले उहाँकी नन्दलाई ठक्कर दिएको छ । सानीभेरी गाउँपालिका वडा नम्वर २ पुर्तिमकाँडा निवासी अन्दाजी ६५ बर्षिया मोती पुनलाई लु ४६ प ५२३६ नम्वरको मोटरसाईकलले ठक्कर दिएको हो । 

मोटरसाईकलले ठक्कर दिएकी भाउजुको मृत्यु भएको खबरपश्चात खड्काको हाँसिबांग स्थित घरमा भेटको लागि जान हिडेकी पुनलाई विपरित दिशाबाट आएको मोटरसाईकलले ठक्कर दिएको हो । मोटरसाईकलको ठक्करबाट पुनको दायाँ खुट्टा भाँच्चिएको छ । उहाँलाई उपचारको लागि नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ । 

मोटरसाईकल चालक मुसीकोट नगरपालिका १४ का बलबहादुर बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुबै घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  २१:४८
प्रतिक्रिया दिनुहोस्