Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा एकैदिन २५ सवारी साधन कारबाहिमा, ९ वटा नियन्त्रणमा

मंगलबार, मंसिर ५, २०८०
tribeni2

रुकुम पश्चिम । जिल्ला भित्र सञ्चालित विभिन्न यातायातका साधनहरुले ट्राफिक नियम उल्लंघन गरेर दुर्घटना बढेको गुनासो बढपेछि जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले आजदेखि सर्च अप्रेशन सुरु गरेको छ । 

प्रहरीले जिल्लाको मुसिकोट, सानीभेरी र चौरजहारी क्षेत्रमा एक साथ गरेको सवारीसाधन जाँच तथा अप्रेशनको क्रममा ट्राफिक नियम उल्लंघन गरेको पाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णु प्रसाद श्रेष्ठका अनुसार पहिलो दिन नियम उल्लंघन गर्ने २५ वटा सवारी साधानलाई कारबाहि गरिएको छ भने नौ वटालाई नियन्त्रणमा लिईएको छ । 

अप्रेशनको क्रममा प्रहरीले चौरजहारी क्षेत्रमा तीन वटा अटोरिक्सा, एक वटा जिप र एक वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । प्रहरी निरीक्षक श्रेष्ठका अनुसार सानीभेरी क्षेत्रमा गरेको कारबाहिबाट एक वटा जिप र मुसिकोट नगरपालिका क्षेत्रबाट दुई वटा जिप र एक वटा मोटरसाईकल गरेर जम्मा ९ वटा सवारी साधनलाई नियन्त्रणमा लिईएको छ । 

आजै प्रहरीले नियम उल्लंघन गरेका सवारी साधनबाट २१ हजार पाँच सय रुपियाँ राजश्व समेत असुली गरेको छ । प्रहरी निरीक्षक श्रेष्ठका अनुसार अधिकांस सवारी साधनहरुले क्षमता भन्दाबढी यात्रु राखेको पाईएको छ । जिपहहरुले छतमा समेत यात्रु राख्ने गरेको अप्रशेनका क्रममा भेटिएको थियो । अटो र मोटरसाईकलहरु लापरबाहिपूर्ण तरिकाले चलाउने, बढी स्पिडमा कुदाउने गरेको समेत पाईएको उहाँको भनाई छ । 

सोमबार क्षमता भन्दा बढी यात्रु बोकेको जिप चैरजहारी नगरपालिका ८ गोईरीज्युलामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो भने १९ जना घाईते भएका थिए । त्यसैगरी सानीभेरीमा गाउँपालिका ९ मा मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको थियो भने एक जना घाईते हुनुभएको थियो । 

दुर्घटना बढिरहेको र सर्वसाधारणको गुनासो पनि बढीरहेकोले जिल्लाभर एक साथ अप्रेशन सुरु गरिएको प्रहरीले जनाएको छ । यस कार्यलाई निरन्तर गरिने बताईएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १८:२७
प्रतिक्रिया दिनुहोस्