Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

६ महिना कैद फैसला भएकी रुकुमकी सीता चार बर्षपछि पक्राउ

मंगलबार, मंसिर ५, २०८०
tribeni2

रुकुम पश्चिम । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले एक फरार प्रतिवादीलाई चार वर्षपछि पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयनको क्रममा प्रहरीले लिखत बेईज्यती मुद्धामा फरार महिलालाई पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णु प्रसाद श्रेष्ठका अनुसार मुसिकोट नगरपालिका वडा नम्वर ११ निवासी ३६ वर्षिया सीता ओलीलाई पक्राउ गरिएको जानकारी दिनुभएकाे छ । 

ओली बिरुद्धको लिखत बेईज्यती मुद्धामा रुकुम जिल्ला अदालतले २०७६ जेठ १९ गते ६ महिना कैद र ३ हजार जरिवानाको फैसला गरेको थियो ।

त्यसयता फरार अवस्थामा रहेकी ओलीलाई प्रहरीले आज मंगलबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएर गएको प्रहरी टोलीले ओलीलाई मुसिकोट नगरपालिका ११ बाटै पक्राउ गरेको बताईएको छ । 

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार ओलीलाई पक्राउ गरेर आजै कैद सजाय र जरिवाना असुर उपरको लागि अदालतमा उपस्थित गराईएको थियो । अदालतको आदेश अनुसार ओलीलाई कारागार चलान गरिएको छ ।  
 

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  २०:३०
प्रतिक्रिया दिनुहोस्