Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

युवा संघद्वारा चौरजहारीमा ६ वटा अस्थायी आवास हस्तान्तरण

बुधबार, मंसिर ६, २०८०
tribeni2

रुकुम पश्चिम । गत कात्तिक १७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर आएको भूकम्पको कारण क्षति भएका घरहरुमा अहिले उद्धार र अस्थायी आवास निर्माणको काम तिब्र रुपमा भईरहेको छ । 

यसै क्रममा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा भूकम्पपछिको उद्धार र अस्थायी आवास निर्माणको काममा जुटेको छ । 

युवा संघका गण्डकी प्रदेश कमिटी अध्यक्ष पान बहादुर क्षेत्रीको नेतृत्वमा रहेको टोलीले चौरजहारी नगरपालिका वडा नम्वर १० पोखरी गाउँमा उद्धार र अस्थायी आवास निर्माणको कामलाई निरन्तरता दिएको छ । 

उक्त स्थानमा गत आईतबारबाट उक्त टोलीले निर्माणको काम सुरु गरेको थियो । मंगलबार बेलुकासम्म भूकम्पबाट पूर्ण रुपमा क्षति भएका ६ वटा घरको उद्धार गरेर अस्थायी आवास निर्माण सम्पन्न गरिएको युवा संघले जनाएको छ । 

402920116_6832686826851129_1664000238231543951_n1700636989.jpg

युवा संघ केन्द्रिय सदस्य जोन आरसीका अनुसार ६ घरपरिवारका ३२ सदस्यहरुको लागि निर्माण गरिएका अस्थायी आवास भूकम्प प्रभावित परिवारलाई हस्तान्तरण गरिएको छ । सुरुमा भत्किएका घरका सामाग्री निकाल्ने, मिलाउने लगायतका उद्धारका काम गरेर अस्थायी आवास निर्माण गरेको आरसीले बताउनुभयो । 

चिसो मौसमको कारण भूकम्प प्रभावित परिवारको अवस्था झन् कमजोर हुदै गएकोले गण्डकी प्रदेश कमिटी सहित करिब २७ जनाको युवा टोलीले स्वयम् सेवकको रुपमा परिचालन भएर आवास निर्माण गरेको आरसीको भनाई छ । 

भूकम्पले पूर्ण रुपमा घर क्षति भएका पोखरी गाउँका आईते राना, सिंगे राना, शशिराम राना, कर्ण बहादुर राना, टेक बहादुर राना र खिमबहादुर रानाको अस्थायी आवास निर्माण सम्पन्न गरिएको हो । 

आजबाट उक्त टोलीले वडा नम्वर १० र वडा नम्वर ११ मा विभाजन भएको छ । त्यहाँपनि उद्धार र अस्थायी आवास निर्माणको काम सुरु गर्ने युवा संघले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १२:५१
प्रतिक्रिया दिनुहोस्