Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बिद्यार्थीहरुले देउसी खेलेर बिद्यालयमा खडा गरे अक्षय कोष

बुधबार, मंसिर ६, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको एक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले देउसी खेलेर जम्मा भएको रकमबाट अक्षय कोष स्थापना गरेका छन् । 

त्रिवेणी गाउँपालिका वडा नम्वर २ बिमैचामा रहेको पिपलनाथ आधारभूत बिद्यालयमा अक्षयकोष स्थापना गरिएको हो । 

बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले तिहारको अवसरमा खेलेको देउसीभैलोबाट संकलित रकममा केहि रकम अभिभावकहरुले समेत थपेर अक्षयकोष स्थापना गरेको अभिभावक मोहन पुनले जानकारी दिनुभयो । उहाँका अनुसार बिद्यालयमा दश हजार ११० रुपियाँको अक्षषकोष बनाईएको हो । 

अक्षयकोषको संचालक समितिमा कक्षा ६ का नबिन बुढाथोकी, कक्षा ४ का रेशजंग पुन मगर, कक्षा ५ बिनोद बुढाथोकी, कक्षा ४ का अनुभव बुढाथोकी, कक्षा ३ का झरणा बुढाथोकी, कक्षा १ का लप्सन बुढाथोकी, शिशु कक्षाका रोशन पुन मगर, लप्सीका बुढाथोकी र अञ्जु बुढाथोकी रहेका छन् । 

सञ्चालक समितिमा रहेका बिद्यार्थीहरुले बिद्यालयका प्रधानाध्यापक खुमबहादुर बुढाथोकीलाई हस्तान्तरण गरेका थिए । उक्त अक्षयकोषमा रहेको रकमबाट आएको ब्याज रकमले बार्षिक एक जना गरिब तथा जेहेन्दार बिद्यार्थीलाई छात्रबृत्ति प्रदान गरिने बताईएको छ । 

यसका साथै उक्त अक्षयकोषमा अन्य अभिभावक, तथा संघसस्थाबाट समेत सहयोग रकम जुटाएर अक्षयकोषको राशि बढाईने लक्ष्य रहेको छ । बिद्यार्थीहरुले देउसी खेलेर गरेको यस कार्यको प्रशंसा गरिएको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १५:२१
प्रतिक्रिया दिनुहोस्