Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा जीप दुर्घटना, एकको मृत्यु

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिममा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाईते भएका छन् ।

जिल्लाको सानिभेरी गाउँपालिका वडा नम्वर ११ को अर्मा अधेरी खोलामा आईतबार बिहान ३ बजेतिर ग १ ज ४४५४ नम्बरको जीप दुर्घटनामा परी सानिभेरी ९ सिम्ली भण्डारी टोलका जीवन भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । भण्डारी आफैले गाडि चलाएको बुझिएको छ ।

शनिबार बेलुका रिजर्वमा अर्मा गएको जीप आईतबार बिहान सिम्लीतर्फ फर्कदै गर्दा दुर्घटना भएको बताईएको छ ।

सोहि दुर्घटना परी २ जना घाइते भएका छन् । घाईते सानिभेरी गाउँपालिका वडा नम्वर १० का तुलबिर खड्का र सोहि ठाँउका समीर परियारको चौरजहारी अस्पतालमा उपचार भैरहेको छ ।

दुर्घटनाको कारण भने खुल्न नसकेको र विस्तृत विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  ०६:१०
प्रतिक्रिया दिनुहोस्