Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठविसकोटमा घुम्ती स्वास्थ्य शिविर सञ्चालन

बुधबार, मंसिर ६, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा भूकम्प प्रभावित तथा सर्वसाधारणहरुका लागि घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । 

आठविसकोट नगरपालिका र स्वास्थ्य सेवा कार्यालयको समन्वयमा मानव विकास तथा सामुदायिक सेवा लगायतका निकायको संयुक्त आयोजनामा घुम्ती स्वास्थ्य शिविर सञ्चालन भएको हो । 

दुई दिने स्वास्थ्य शिविर अन्तर्गत आज पहिलो दिन आठविसकोट नगरपालिका १४ घेत्मामा शिविर आयोजना गरिएको हो । यहाँ १५९ जना बिरामीले सेवा लिएको आयोजक संस्थाका बासुदेव सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा डाक्टर मणिन्द्र कँडेलसहित आठ जनाको स्वाथ्यकर्मीहरुको टोली खटिएको छ । 

शिविरमा नाम, कान, घाँटी, ज्वरो, ग्याष्टाईटिस, एलर्जि, रुँखाखोकी, झाडापखाला, निमोनिया जस्ता समस्या भएका बिरामीहरुको उपचार गरिएको सापकोटाले बताउनुभयो । घेत्मापछि आजै उक्त टोलीले पिपलचौरमा पनि शिविर सञ्चालन गरेको बताईएको छ । 

दुई दिने घुम्ति शिविर आठविसकोट नगरपालिकाको वडा नम्वर १०, ११, १२, १३ र १४ मा सञ्चालन गर्ने कार्यक्रम रहेको बताईएको छ ।

चिसोको कारण भूकम्प प्रभावितहरु बिरामी हुन थालेपछि विभिन्न निकायको साझेदारीमा शिविर सञ्चालन गरिएको हो । 

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १७:३२
प्रतिक्रिया दिनुहोस्