Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

युवा संघ बाँकेको टोली आठविसकोटमा केन्द्रित 

बुधबार, मंसिर ६, २०८०
tribeni2

रुकुम पश्चिम । नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल बाँकेको एक टोली रुकुम पश्चिमको आठविसकोट नगरपालिका आईपुगेको छ । 

भूकम्पको कारण क्षति भएका विभिन्न संरचनाको उद्धार र पीडित परिवारहरुको लागि अस्थायी आवास निर्माणको लागि उक्त टोली आठविसकोटमा केन्द्रित भएको बताईएको छ । 

युवा संघ रुकुम पश्चिमका अध्यक्ष नवराज मल्लका अनुसार बाँकेको टोलीले आजबाट आठविसकोट नगरपालिका ९ स्थित बालकल्याण माध्यमिक विद्यालयमा भूकम्पको कारण भत्किएका भवनहरुको व्यवस्थापनको काम सुरु गरेको छ । भवनका काठ, ढुङगा र जस्तापाता व्यवस्थापनको काममा उक्त टोली लागिपरेमो मल्लेल जानकारी दिनुभयो । 

युवा संघ बाँकेका रामबहादुर थाहाको नेतृत्वमा रहेको १५ जनाको टोलीसँगै वडाका अन्य युवा बिद्यार्थीहरु समेत साथमा परिचालन भएको जिल्ला अध्यक्ष मल्लले बताउनुभयो । 

आज भत्केको बिद्यालयमा व्यवस्थापनको काम गरेको उक्त टोलीले भोलि देखि अस्थायी आवास निर्माणको काममा खटिने कार्यक्रम रहेको बताईएको छ । 

युवा संघको गण्डकी प्रदेशको टोलीले चौरजहारीमा अस्थायी आवास निर्माणको काम गरिरहेको छ भने लुम्बिनी प्रदेशका केहि जिल्लाबाट आएको एक टोली सानीभेरी गाउँपालिकाको अर्मामा पुगेको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  २१:२३
प्रतिक्रिया दिनुहोस्