Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

वडा अध्यक्ष जैसीद्वारा भूकम्प पीडितको लागि एक लाख सहयोग

बिहीबार, मंसिर ७, २०८०
tribeni2

रुकुम पश्चिम । भूकम्प पीडितहरुको लागि यहाँका एक जना वडा अध्यक्षले एक लाख रुपियाँ सहयोग गर्नुभएको छ ।

चौरजहारी नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष भिमप्रसाद जैसीले भूकम्प पीडितहरुको भन्दै व्यक्तिगत रूपमा एक लाख सहयोग गर्नुभएको हो ।

चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालका अनुसार वडा अध्यक्ष जैसीले चौरजहारी नगरपालिकामा रहेको प्रकोप व्यवस्थापन कोषको खाता एक लाख रकम जम्मा गर्नुभएको हो । मनकारी वडा अध्यक्ष जैसीलाई स्थानीय सरकारको तर्फबाट धन्यबाद व्यक्त गरिएको छ । 

भूकम्पको कारण पीडित तथा प्रभावित भएकाहरुलाई राहत, पुनर्निर्माण लगायतका काममा सहयोग पुगोस भनेर आफूले सकेको सहयोग गरेको वडाअध्यक्ष जैसीले बताउनुभयो । सबैको ससानो सहयोगबाट विपद्को सामना गर्न सकिने उहाँको बुझाई छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  ०७:४०
प्रतिक्रिया दिनुहोस्