Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

हाम्रो सरोकारद्वारा गाउँमा स्टेचर, विद्यालय फर्निचर हस्तान्तरण

बैदशिक रोजगारीमा रहेको सगाली युवाहरुको प्रशंसनिय कार्य
बिहीबार, मंसिर ७, २०८०
tribeni2

रुकुम पश्चिम । मुसिकोट नगरपालिका वडा नम्वर ७ साँख स्थित हाम्रो सरोकार रुकुमले गाउँमा स्टेचर र स्थानीय विद्यालयमा मात्रामा फर्निचर सहयोग गरेको छ । हाम्रो सरोकारले १० वटा स्टेचर र १५ सेट फर्निचर हस्तान्तरण गरेको हो । 

सरोकारका अध्यक्ष रिजन पाण्डेका अनुसार वडा नम्वर ७ को आठ वटा टोलमा एक एक वटा, साँख प्रहरी पोष्टमा एक वटा र वडा नम्वर ८ घोरखानीस्थित तीन बहिनी युवा क्लबलाई एक वटा गरेर १० वटा स्टेचर उपलब्ध गराईएको हो । 

त्यसैगरी वडा नम्वर ७ मा रहेको जन जागृति माध्यमिक बिद्यालयमा १५ सेट फर्निचर हस्तान्तरण गरिएको अध्यक्ष पाण्डेले बताउनुभयो । उहाँका अनुसार उक्त बिद्यालयमा ११ कक्षाको पढाई हालै सुरु गरेकोले भौतिक सामाग्री अभाव हुन नदिन फर्निचर उपलब्ध गराईएको हो । 

404286503_3568860130039048_15109238887931346_n1700712284.jpg

बिद्यालयमा निमित्त प्रधानाध्यापक खड्क बहादुर डिसीलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो । निमित्त प्रधानाध्यापक डिसीले स्थानीय युवाहरुको सकारात्मक कार्यको प्रशंसा गर्नुभयो । 

समाज रुपान्तरण गर्नको लागि “गुनासो  छौडौ, समाजको लागि  केही  गरौ” भन्ने मुल बोकेको हाम्रो समाजले बैदशिक रोजगारीमा रहनुभएका साँखका विभिन्न युवाहरुको सहयोगमा उक्त सामाग्री जुटाईएको हो ।

बैदशिक रोजगारीमा रहनुभएका युवाहरुको प्रत्यक्ष संलग्नतामा विभिन्न सेवामूलक कार्यक्रम गर्ने सोच बोकेको यस संस्थाले हालसम्म १३ वटा देशमा संयोजक समेत नियुक्त गरिसकेको छ । 

404286613_3568860213372373_4875459559149571503_n1700712289.jpg

उक्त सामाग्री खरिदको लागि हाल भारतमा रहनुभएका मुसिकोट नगरपालिका ७ साँखमा नरेश परियारले २० हजार, कतारमा रहनुभएका तुलसीराम बिकले ५ हजार ५५५, बलराम पुनले ५ हजार ५०५, नबिन बिकले ५ हजार एक सय र साउदीमा रहनुभएका भद्रबहादुर बिकले २ हजार ५ सय रकम सहयोग गर्नुभएको थियो ।

त्यसैगरी अफ्रिका सेसल्समा रहनुभएका वडा नम्वर साँखका निरोज प्रकाश गिरी, खड्कराज पुन मगर, चन्द्र बहादुर गिरी, मोहन प्रकाश बिक, सुवास बिक, रेखा बिक, मनोज बिक र वडा नम्वर ८ घोरखानीका अरुण ओलीले ३८ हजार ९६० रुपियाँ सहयोग गर्नुभएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

कुवेतमा रहनुभएका साँखकै युवराज परियारले ५ हजार रकम सहयोग गर्नुभएको थियो भने संस्थाले देउसीभैलो खेलेर उठाएको २२ हजार २३८ रकमले उक्त सामाग्रीहरु जुटाईएको थियो । 

बिशेष गरेर स्वास्थ्य, शिक्षा र खेलकुद क्षेत्रमा निश्वार्थ भावले कार्य गर्नेगरी सस्था स्थापना गरेको संस्थाका अध्यक्ष पाण्डले जनाउनुभयो ।  

WhatsApp Image 2023-11-07 at 05.38.42_763b3c2b1700712501.jpg

402995566_3568859406705787_2282311089576147152_n1700712284.jpg

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  ०९:४२
प्रतिक्रिया दिनुहोस्