Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

खाबाङमा एकिकृत कृषि तथा पशुपंछि विकास कार्यालयको त्रैमासिक समिक्षा सम्पन्न

शनिबार, मंसिर ९, २०८०
tribeni2

रुकुम पूर्व । एकिकृत कृषि तथा पशुपंछि विकास कार्यालय रुकुम पूर्वको प्रथम त्रैमासिक समिक्षा गोष्ठि सम्पन्न भएको छ । शुक्रबार भूमे गाउँपालिकाको खाबाङ बगरमा पहिलो त्रैमासिकमा समिक्षा गोष्ठि सम्पन्न भएको हो । 

गोष्ठिमा कार्यालयका प्रमुख पिताम्बर बस्नेतले चालु बर्षको पहिलो त्रैमासिकमा ६.५१ प्रतिशत बजेट खर्च गरेको जानकारी दिनुभयो । कार्यालयमा कुल वार्षिक बजेट पाँच करोड ५६ लाख ६० हजार ४ सय रुपैयाँ रहेकोमा पहिलो त्रैमासिकमा ६.५१ प्रतिशत बजेट खर्च भएको हो ।  

पहिलो त्रैमासिकमा रहेका योजनाहरुको ६० लाख ८८ हजार बजेट मध्य ३६ लाख २७ हजार ८ सय रुपैयाँ अर्थात ५३.२९ प्रतिशत बजेट खर्च भएको बस्नेतले बताउनुभयो । 

पहिलो त्रैमासिकमा तोरी, गहुँ, मकै, आलुको विज वृद्धि कार्यक्रम, सिंचाईसहित कृषि विकास कार्यक्रम, बर्खे आलु ब्लक विकास कार्यक्रम, हिउँदे तरकारीको बिउ वितरण, विभिन्न दिवसहरु मनाउने, उत्कृष्ट किसान, कर्मचारी र पत्रकारलाई पुरस्कृत गर्ने लगाएतका कार्यक्रमहरु गरिएको बताईएको छ ।

यसैगरी पशु स्वास्थ्य शिविर सञ्चालन, तालिम, प्रयोगशाला तथा रोग निदान कार्यक्रम, लम्पी स्किन रोग नियन्त्रणका लागि खोप कार्यक्रम, पशुपन्छि रोग नियन्त्रणको लागि खोप कार्यक्रम, मासु पसल र पशुपन्छि फार्महरुको अनुगमण, नियमन, वार्षिक प्रगती तथा तथ्याङ्क पुस्तिका प्रकाश गर्ने लगाएतका कार्यक्रमहरु गरिएको कार्यालयका प्रमुख बस्नेतले जानकारी गराउनुभयो ।

कार्यालय प्रमुख बस्नेतले कृषि विकास तर्फ केहि कार्यक्रम र पशुपन्छि तर्फ पुरै कार्यक्रमको हालसम्म कार्यविधि प्राप्त नभएको कारण अपेक्षित रुपमा प्रगती हुन नसेको बताउनुभएको छ ।

भूमे गाउँपालिकाका अध्यक्ष होम प्रकाश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मि, भूमे गाउँपालिका उपाध्यक्ष सविना बुढासँगै जिल्लास्थित विभिन्न सरकारी कार्यालयका कार्यालयका प्रमुख लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन एकिकृत कृषि तथा पशुपंक्षि विकास कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले गर्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १३:५४
प्रतिक्रिया दिनुहोस्