दुदिलचौर तिर्थधाममा निर्मित नयाँ मन्दिरको उद्घाटन

शनिबार, मंसिर ९, २०८०

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्वर ५ मा रहेको बुढुमष्ट क्षेत्र विकास कोष अन्तरगत दुदिलचौर तिर्थधाममा निर्माण भएको नयाँ मन्दिरको उद्घाटन भएको छ । आज शनिबार पुर्वमन्त्री तथा प्रतिनिधी सभा सदस्य जनार्दन शर्माले नव निर्मित मन्दिरको उद्घाटन गर्नुभएको हो । 

संघीय सरकार अन्तरगत सहरी विकास आयोजना ईकाइ सुर्खेतले मन्दिर निर्माणको लागि ५० लाखमा ठेक्का आह्वान गरेकोमा ३८ लाख ठेक्कामा मन्दिर निर्माण भएको हो । एक वर्षमा मन्दिर, जग्गेकुण्ड, बलि चढाउने ठाउँ, मन्दिर वरिपरी रेलिङ, फिल्ड निर्माण र सिढि निर्माण गरिएको छ । 

१९६५ मा निर्माण भएको मन्दिरमा नयाँ मन्दिर भवन निर्माण भएको हो । मन्दिर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्वमन्त्री शर्माले जिल्लालाई धार्मिक पर्यटनसँग जोड्ने योजना अघि बढाएको बताउनुभयो । जिल्लामा रहेको विभिन्न धार्मिक स्थलहरुको प्रचार–प्रसारका साथै ओझेलमा परेका धार्मिकस्थलहरुको संरक्षण गर्नुपर्ने बताउनुभयो । 

रुकुम पश्चिमका सबै ठाउँमा ठुला तथा प्रचिन धार्मिकस्थलहरु रहेको बताउनु हुँदै उहाँले ति धार्मिकस्थलहरुको संरक्षण गर्नुपर्ने सवैको दायित्व रहेको उल्लेख गर्नुभयो । मन्दिर उद्घाटन कार्यक्रममा विभिन्न झाँकिहरु समेत प्रस्तुत गरिको थियो । 

367369321_704352261633594_7820952741174636757_n1700912071.jpg

बुढुमष्ट क्षेत्र विकास कोषका अध्यक्ष धुब्रराज केसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रतिनिधि सभा सदस्य जनार्दन शर्माको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै पूर्व निर्वाचन आयुक्त सुधिरकुमार शाह, प्रदेशसभा सदस्य महेन्द्र केसी, तुलसा मल्ल, पुर्व राष्ट्रिय सभा सदस्य ठगेन्द्र प्रकाश पुरी, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्त लगायतको आतिथ्यता रहेको थियो । 

बुढुमष्ट क्षेत्र विकास कोषका सल्लाहकार गोपाल केसीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन रामप्रसाद केसीले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा क्षेत्र विकास कोषका सल्लाहाकार विपि रिजालले प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १७:२०
प्रतिक्रिया दिनुहोस्