Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिमका भूकम्प पीडित परिवारलाई न्यानोका लागि दाउराको व्यवस्था

आइतबार, मंसिर १०, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमका भूकम्प पीडित परिवारहरुको न्यानोपनका लागि निःशुल्क रुपमा दाउराको व्यवस्था गरिएको छ । 

डिभिजन वन कार्यालय रुकुमपश्चिमले जिल्लाका विभिन्न स्थानहरुमा निःशुल्क दाउराको व्यवस्था गरेको हो । गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको कारण ठुलो जनधनको क्षति भएको र अधिकांश सर्वसाधारणहरु चिसो मौसममा घरबासविहिन भएकोले अवस्थालाई मध्यनजर गर्दै वन कार्यालयले यस्तो व्यवस्था गरेको जनाएको छ । 

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारका अनुसार त्रिपाल तथा टेन्टमा रहेका नागरिकहरु चिसोका कारण थप जोखिममा परेको खबरपछि निशुल्क दाउरा वितरणको व्यवस्था गरिएको हो । डिभिजन वन कार्यालय अन्तर्गतका सबै सव डिभिजन वन कार्यालयका कर्मचारीहरु परिचालन गरेर सम्बन्धित स्थानका सामुदायिक वनबाट दाउरा उपलब्ध गराउने व्यवस्था गरिएको छ । 

टेन्ट र त्रिपालमा बसोबास गरिरहेका परिवारहरुले नजिकको वन कार्यालयमा सम्पर्क गर्न निमित्त प्रमुख परियारले जानकारी दिनुभयो ।

उहाँका अनुसार आठविसकोट नगरपालिका क्षेत्रका भूकम्प प्रभावितहरुले आठविसकोट सव डिभिजन कार्यालयमा, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकाका प्रभावितहरुले चौफा सव डिभिजन वन कार्यालयमा, मुसीकोट नगरपालिका र त्रिवेणी गाउँपालिकाका प्रभावितहरुले मुसीकोट सव डिभिजन वन कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

त्यसैगरी बाँफिकोट गाउँपालिकाका प्रभावितहरुले बाँफिकोट सव डिभिजन कार्यालयमा र डिभिजन वन कार्यालयमा रुकुमपश्चिममा समेत सम्पर्क गर्न सकिने बताईएको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १६:३४
प्रतिक्रिया दिनुहोस्