मकैको नलमा आगो लगाउँदा मुसिकोटका दुई बालिका घाईते

आइतबार, मंसिर १०, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिममा आगलागीमा परेर दुई जना बालिका घाईते भएका छन् । 

मुसीकोट नगरपालिका वडा नम्वर २ मा मकैको नलमा आगो लगाउँदा सोहि गाउँका टेक बहादुर खड्काकी ७ बर्षिया छोरी सलगम खड्का र नरेन्द्र खड्काकी ९ बर्षिया छोरी सिरिशा खड्का घाईते हुनुभएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु प्रसाद श्रेष्ठका अनुसार घर नजिकैको भिमलको रुखमा चढेको बेला एक बालकले रुख मुनि रहेको मकैको नलमा आगो लगाएका थिए । सोहि आगोले दुबै जना बालिकालाई घाईते बनाएको हो ।

घाईते दुबै जना बालिकाको अहिले जिल्ला अस्पताल सल्लेमा उपचार भईरहेको र अवस्था मध्यम रहेको बताईएको छ । प्रहरीले आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जनाएको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १८:४७
प्रतिक्रिया दिनुहोस्