Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीको किनारमा पहिचान नभएकाे एक पुरुषको शव फेला

सोमबार, मंसिर ११, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ३ मूलपानीस्थित सानीभेरी नदिको किनारमा एक पुरुषको शव फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णु प्रसाद श्रेष्ठका अनुसार आईतबार बेलुका नदि किनारको छालमा उक्त शव फेला परेको हो ।

गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले नदि किनारमा शव रहेको सूचना प्रहरीलाई दिनुभएको थियो । सूचनापश्चात ईलाका प्रहरी कार्यालय चौरजहारी र प्रहरी चौकी सिम्लीबाट गएको प्रहरी टोलीले शव पानी बाहिर निकालेको थियो । शवको पहिचान भने हुन सकेको छैन । शव अन्दाजी ३५ देखि ४० वर्ष उमेरका पुरुषको रहेको छ । 

शरिरमा कपडा नभएको अवस्थामा शव फेला परेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । शवलाई घटनास्थल प्रारम्भिक कार्यपश्चात पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्लेमा ल्याईएको छ । 

घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  ०९:०३
प्रतिक्रिया दिनुहोस्