Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भूकम्पबाट रुकुम पश्चिममा मृत्यु भएका सबै परिवारलाई राहत उपलब्ध    

सोमबार, मंसिर ११, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिममा भूकम्पको कारण मृत्यु भएकाका सबै परिवारलाई आर्थिक सहायता (राहत रकम) उपलब्ध गराईएको छ । जिल्ला प्रशासन कार्यालयले मृतकका परिवारलाई दुई लाखको दरले राहत उपलब्ध गराएको हो । 

प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तले भूकम्पको कारण मृत्यु भएका ५३ जनाको परिवारलाई राहत उपलब्ध गराईएको जानकारी दिनुभयो । उहाँका अनुसार विपद् पीडित उद्धार राहत सम्बन्धि मापदण्ड, २०७७ अनुसार जनहि दुई लाख रुपियाँको दरले राहत उपलब्ध गराईएको हो । एकाघरका एक भन्दा बढीको मृत्यु भएको हकमा भने एक जनालाई दुई लाख र अन्य मृतकहरुलाई संख्याको आधारमा एकएक लाख गरेर उपलब्ध गराईएको हो । 

प्रजिअ पन्तका अनुसार रुकुम पश्चिमबाट ५० जना र सल्यानबाट तीन जना मृतकका परिवारलाई राहत उपलब्ध गराईएको हो । जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले ८३ लाख राहत रकम वितरण गरेको हो भने जिल्ला प्रशासन कार्यालय सल्यानले पाँच लाख रुपियाँ वितरण गरेको हो । 

भूकम्पमा परेर आठविसकोट नगरपालिकाका २४ परिवारका ३७ जना जना, सानीभेरी गाउँपालिकामा छ परिवारका १० जना, चौरजहारी नगरपालिकाका एक जना, रोल्पाका एक जना, बर्दियाका एक जना र सल्यानका दुई परिवारका तीन जनाको मृत्यु भएको थियो ।

त्यसैगरी आठविसकोट नगरपालिकाका दुई जना र सानीभेरी गाउँपालिकाका दुई जनाको जाजरकोटमा मृत्यु भएको थियो । उहाँहरुको परिवारहरुले प्राप्त गर्ने राहतको लागि भने आवश्यक कागजपत्र सहित जिल्ला प्रशासन कार्यालयमा निवेदन पेश गरिएको बताईएको छ ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले कार्यालयमा, मृतक परिवारको घरमा, पायक पर्ने वडा कार्यालयमा पुगेर राहत वितरण गरेको हो ।

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  ०९:३०
प्रतिक्रिया दिनुहोस्