पाँच दिनपछि सकियो प्रशिद्ध डिग्रे मेला

सोमबार, मंसिर ११, २०८०

रुकुम पश्चिम । गत मंसिर ७ गतेदेखि सुरु भएको रुकुम पश्चिमको प्रशिद्ध डिग्रे मेला आज सोमबार सम्पन्न भएको छ । हरिबोधनी एकादशीका दिन देखि सुरु भएको मेला आज कार्तिक शुक्ल पूर्णिमाको दिन सकिएको हो । 

मेलाको अन्तिम तथा पाँचौ दिन आज मुसीकोट नगरपालिका वडा नम्बर ५ स्थित डिग्रे शाइकुमारी मन्दिर परिसरमा भव्य मेला लागेको छ । मुसिकोट नगरपालिकाको साँख र आसपासका क्षेत्रबाट बाजागाजा सहित हात हातमा लठ्ठी लिएर आएका व्यक्तिहरुले मेलामा लठ्ठी नाच प्रदर्शन गरेपछि मेला सकिएको हो ।  

आज बिहानै देखि मेला भर्नका लागि रुकुम पश्चिमका गाउँ गाउँ तथा छिमेकी जिल्लाहरुबाट समेत मान्छेहरु मेला स्थलमा पुगेका थिए । यो वर्ष करिब एक लाखले मेला भर्नुका साथै मन्दिरमा पुजाआजा, दर्शन र बलि दिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । 

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर केसीका अनुसार मेला अवधिभर रुकुम पश्चिम सहित रुकुम पूर्व, रोल्पा, सल्यान, जाजरकोट, दाङ, सुर्खेत लगायत जिल्लाका दर्शनार्थीहरु पुजाआजा, दर्शन, बलि दिन तथा मेला भर्न पुगेका छन् । 

WhatsApp Image 2023-11-27 at 18.16.13_52383fee1701088581.jpg

मन्दिरमा वर्षैभरि पुजापाठ तथा दर्शन गर्न मिल्छ । तर हरेक वर्षको हरिबोधनी एकादशी देखि कार्तिक पूर्णिमासम्मको सयमलाई भने विशेष मानिन्छ । मन्दिरमा हरेक वर्ष ५ दिन विशेष पुजाआजा, बलि र दर्शन गर्ने गरिन्छ । मेलाको अन्तिम दिन मन्दिर परिषरमा भव्य मेला संगै डिग्रे मेला सम्पन्न हुन्छ । 

मेलामा विभिन्न स्थानीय नाच तथा झाँकी र पराम्परागत अनौठो सगाल नाच प्रदर्शन गरिएको थियो । डिग्रे शाइकुमारीको पुजापाठ, दर्शन तथा मन्दिरमा बलि चढाएमा मनोकांक्षा पुरा हुने धार्मिक विश्वास रही आएको छ । 

WhatsApp Image 2023-11-27 at 18.16.10_ae076bec1701088576.jpg

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १८:१४
प्रतिक्रिया दिनुहोस्