Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा अस्थायी आवास बनाउन माओवादीका ३ हजार बढी स्वयमसेवक परिचालन

मंगलबार, मंसिर १२, २०८०
tribeni2

रुकुम पश्चिम । नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमले भूकम्प प्रभावितका लागि अस्थायी आवास बनाउन तीन हजार बढी स्वयंसेवक परिचालन गरेको छ । 

भूकम्पबाट बढी क्षति भएका आठविसकोट नगरपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकामा माओवादीले आजबाट अस्थायी आवास निर्माण अभियान सुरु गरेको हो । यस अभियानमा तीन हजार ८७ जना स्वयम्सेवक परिचालन गरेको माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ । 

माओवादी केन्द्रका अनुसार यसको नेतृत्व पार्टीका केन्द्रीय उपमहासचिव समेत रहनुभएका पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा गर्नुभएको छ । नेकपा माओवादी केन्द्रले पार्टीका सबै कमिटी र जनबर्गीय सङ्गठनलाई स्वयंसेवक दलमा परिणत गर्ने निर्णय समेत गरेको थियो । 

406437749_1078487486487816_5437539820540048445_n1701184295.jpg

उप महासचिव शर्माले आज सानीभेरी गाउँपालिका वडा नम्बर ४ को मेघाबाट अभियानको सुरुवात गर्नुभयो हो । अभियान सुरुवात गर्नुहुँदै शर्माले चिसो बढिरहेकोले तत्काल जनतालाई अस्थायी आवसमा राखेर न्यानो बनाउनुपर्ने बताउनुभयो । 

उहाँले क्षति नभएका वडाहरुबाट कम्तिमा २० जना र एक घरबाट एक जना स्वयमसेवक सहभागि हुने निर्णय भएको उल्लेख गर्नुभयो । भत्किएका घरका संरचनाहरु हटाउने र पीडित परिवारको अवस्था अनुसार अस्थायी आवास बनाउने उहाँले बताउनुभयो । 

घरवासविहिनहरुको अस्थायी आवास बनाउन सुरुमा जग्गाको छनौट गर्ने, सम्बन्धित व्यक्तिको दोश्रो जग्गा नभएको ठाउँको हाल भत्केको घरको संरचना हटाउने शर्माले स्वयमसेवकहरुलाई निर्देशन समेत दिनुभएको छ । 

406437719_1078486836487881_296275175286471570_n1701184286.jpg

406422234_1078487349821163_6354117273761903853_n1701184286.jpg

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  २०:४८
प्रतिक्रिया दिनुहोस्