नेभिगेशन
राजनीति

अस्थायी आवास निर्माणलाई प्रभावकारी बनाउन सुझाव पेश

रुकुम पश्चिम । भूकम्पले प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन सुझाव पेश गरिएको छ । 

रुकुम पश्चिमको जिल्ला प्रशासन कार्यालयमा संघीय संसदको राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले सरोकारवालासँग गरेको छलफलको क्रममा नेकपा एमाले कर्णाली प्रदेश कमिटी र अनेमसंघको तर्फबाट लिखित तथा मौखिक रुपमा सुझाव पेश भएको हो । 

एमाले कर्णाली प्रदेश कमिटी तथा अनेमसंघ केन्द्रीय सदस्य कौशिला केसीले स्थानीय बिपद ब्यवस्थापन समिति, अस्थायी आवास निर्माण, कार्यविधि, राहत वितरण लगायतका विषयमा समितिलाई सुझाव पेश गर्नुभएको हो । 

केसीले स्थानीय तहमा पनि रहेको स्थानीय बिपद ब्यबस्थापन समितिमा सबै दलहरुको प्रतिनिधित्व गरिनुपर्ने,  वडागत रुपमा भूकम्प प्रभावित लाभग्राहिहरुको सहजिकरणमा सबै दलहरु पनि समावेश गराईनुपर्ने, अस्थायी आवास निर्माणको रकम करिब ७० हजार व्यवस्था गरिनुपर्ने सुझाव राख्नुभयो ।

त्यसैगरी उहाँले अव बन्ने घरहरु भूकम्प प्रतिरोधि बनाउनुपर्ने र पीडितहरुको घर निर्माणको लागि शून्य प्रतिशत ब्याजमा सहुलियत कर्जा उपलब्ध गराईनुपर्ने लगायतका सुझावहरु पेश गर्नुभएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति