Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नेपाली काँग्रेसले सानीभेरीमा निर्माण गरेका पाँच अस्थायी आवास हस्तान्तरण

बुधबार, मंसिर १३, २०८०
tribeni2

रुकुम पश्चिम । नेपाली काँग्रेसले रुकुम पश्चिममा भूकम्प पीडित परिवारका पाँच वटा अस्थायी आवास निर्माण सम्पन्न गरेको छ ।

सानीभेरी गाउँपालिका वडा नम्वर ४ पुरानोगाउँ र खालचौरमा निर्माण भएका ती अस्थायी आवास बुधबार भूकम्प पीडित परिवारलाई हस्तान्तरण गरिएको नेपाली काँग्रेसले जनाएको छ ।  

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु बरालको नेतृत्वमा रहेको प्राविधिक सहितको स्वयम् सेवक समुहले पहिलो चरणमा पाँच वटा अस्थायी आवास निर्माण गरेर हस्तान्तरण गरेको हो ।

भूकम्पको कारण घर भत्किएका र चर्किएर बस्न नमिल्ने अवस्था भएका मध्य कमजोर अवस्था भएका, घाईते भएका, घरमा काम गर्नसक्ने जनशक्ति नभएका पीडित परिवारहरु छनौट गरेर अस्थायी आवास निर्माण गरिएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिनुभयो । दिनदिनै चिसो बढिरहेको बेला त्रिपालमूनि रहेका सर्वसाधारणको स्वास्थ्य अवस्थामा थप जोखिम हुन सक्ने बताउनुहुँदै केन्द्रीय सदस्य बरालले विभिन्न निकायहरुलाई भूकम्प प्रभावित परिवारलाई सहयोगको लागि हातेमालो गर्न आह्वान गर्नुभयो । 

WhatsApp Image 2023-11-29 at 18.06.46_8dbcf2551701262339.jpg

पहिलो चरणमा पाँच वटा अस्थायी आवास सम्पन्न गरेको र सानीभेरी गाउँपालिकाको वडा नम्वर १ र २ मा थप पाँच वटा निर्माणको लागि भोलि देखि त्यसतर्फ परिचालन हुने बरालले जनाउनुभयो । 

नेपाली काँग्रेस रुकुम पश्चिमका सभापति प्रेम प्रकाश ओलीले सानीभेरी गाउँपालिका वडा नम्वर ४ का बालदेवी मल्ल, गौनी बिक, झुपलाल बिक, टोपेन्द्र मल्ल र कर्णे कामीको अस्थायी आवास निर्माण गरिएको बताउनुभयो ।

सभापति ओलीले अस्थायी आवास निर्माणको लागि जिल्ला पार्टी कार्यालयको समन्वयमा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीको नेतृत्वमा रहेको टोलीले आठविसकोटमा आज देखि अस्थायी आवास निर्माणको काम सुरु गरेको बताउनुभयो । वडा नम्वर ११ मा पाँच वटा र वडा नम्वर १४ मा पाँच वटा आवास निर्माण भईरहेको सभापति ओलीले जानकारी दिनुभयो । 

अस्थायी आवास निर्माणको काममा केन्द्रीय सदस्यहरु गुरु बराल, मानबहादुर नेपाली, अजयबाबु शिवाकोटी, जिल्ला सभापति प्रेम प्रकाश ओली, स्थानीय तहमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरु परिचालन भएको नेपाली काँग्रेस रुकुम पश्चिमका प्रवक्ता लालबहादुर ओलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज सानीभेरी गाउँपालिका ४ मा निर्माण गरिएका अस्थायी आवास हस्तान्तरणसँगै प्रभावित परिवारलाई ब्याङकेट र खाद्य सामाग्री समेत राहत स्वरुप वितरण गरिएको छ । 

WhatsApp Image 2023-11-29 at 18.13.07_7e5a89631701262342.jpg

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १८:१९
प्रतिक्रिया दिनुहोस्