Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

माओवादी केन्द्र आठविसकोटद्वारा  सात सय स्वयम् सेवक परिचालन 

बिहीबार, मंसिर १४, २०८०
tribeni2
  • सत्य बटाला

रुकुम पश्चिम । भूकम्प प्रभावित स्थानहरुमा अस्थायी आवास निर्माणका लागि विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु परिचालन भएको बेला नेकपा (माओवादी केन्द्र) आठविसकोट नगर कमिटिले सात सय स्वयंसेवक परिचालन गरेको छ । 

भूकम्पबाट बढी क्षति भएका आठविसकोट नगरपालिका अति प्रभावित क्षेत्र वडा नम्बर ११, १२, १३ र १४ मा  माओवादीले बुधबार देखि अस्थायी आवास निर्माण अभियान सुरु गरेको छ । यस अभियानमा ७ सय  जना स्वयम् सेवक परिचालन गरेको माओवादी केन्द्र आठविसकोट नगर कमिटीले जनाएको छ । 

नगर कमिटी इन्चार्ज जनक बटालाका अनुसार आठविसकोट नगरपालिका ७० वटा टोल कमिटी रहेका छन् । ति टोल कमिटीको १ वटा टोलबाट १० जनाको दरले ७ सय स्वयंसेवकलाई परिचालन गरिएको छ । 

नगर कमिटी सचिव मणिराज बटालाले वडाबाट पनि अहिले प्रभावित क्षेत्रमा स्वयम् सेवक पठाउने काम भईरहेको बताउनुभयो । उहाँका अनुसार वडा नम्बर १ बाट १० जना, वडा नम्बर २ बाट १०जना, वडा नम्बर ३ बाट ५२ जना, वडा नम्बर ५ बाट ११ जना, वडा नम्बर ६ बाट ११ जना, वडा नम्बर ९ बाट १३ जना परिचालन हुनुभएको छ भने वडा नम्बर ४, ७ र ८ बाट स्वयंसेवक आउने क्रम रहेको छ । 

सचिव बटालाले क्षति नभएका वडाहरुबाट कम्तिमा टोल कमिटिका रहेका एक घरबाट एक जना स्वयमसेवक सहभागि हुने निर्णय भएको बताउनुभयो । भत्किएका घरका संरचनाहरु हटाउने र पीडित परिवारको अवस्था अनुसार अस्थायी आवास बनाउने उहाँले बताउनुभयो । 

घरवासविहिनहरुको अस्थायी आवास बनाउन सुरुमा जग्गाको छनौट गर्ने, सम्बन्धित व्यक्तिको दोश्रो जग्गा नभएको ठाउँको हाल भत्केको घरको संरचना हटाउने गरी स्वयम सेवकहरुलाई निर्देशन समेत दिईएको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  ०९:४०
प्रतिक्रिया दिनुहोस्