Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अस्थायी आवास बनाउन रुकुम पश्चिमका चार स्थानीय तहको कोषमा २१ करोड ४६ लाख जम्मा 

त्रिवेणीमा लाभग्राहिको खातामा पठाउन सुरु
बिहीबार, मंसिर १४, २०८०
tribeni2

रुकुम पश्चिम । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणको लागि जिल्लाका चार स्थानीय तहको स्थानीय विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन कोषमा २१ करोड ४६ लाख २५ हजार रुपियाँ जम्मा गरिसकेको जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तका अनुसार आठविसकोट नगरपालिकामा चार हजार पाँच सय अस्थायी आवास बनाउन ११ करोड २५ लाख रुपियाँ पठाईएको छ भने चौरजहारी नगरपालिकामा दुई हजार ५११ आवास निर्माणका लागि ६ करोड २७ लाख ७५ हजार रुपियाँ पठाईएको छ ।

त्यसैगरी त्रिवेणी गाउँपालिका एक हजार १२४ आवास निर्माणका लागि २ करोड ८१ लाख र सानीभेरी गाउँपालिकामा ४५० आवास निर्माणको लागि १ करोड १२ लाख ५० हजार रुपियाँ स्थानीय तहको खातामा जम्मा गरिएको छ । 

हालसम्म ८ हजार ५८५ लाभग्राहिका लागि २१ करोड ४६ लाख २५ हजार रुपियाँ सम्बन्धित स्थानीय तहका विपद कोषमा पठाइएको प्रजिअ पन्तले जानकारी दिनुभयो । भुकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यबिधि, २०८० (दोस्रो संशोधन समेत) बमोजिम स्थानीय जोखिम न्यूनीकरण तथा ब्यबस्थापन समितिबाट पहिचान कायम र स्वीकृति भई आएका लाभग्राहिको लागि उक्त रकम पठाईएको हो । 

आगामी दिनमा स्थानीय तहवाट समितिको निर्णय भएर लाभग्राही कायम भएको जानकारी जिल्लाको विपद व्यवस्थापन समितिमा प्राप्त भएपछि क्रमशः सम्बन्धित स्थानीय तहको विपद् कोषमा रकम पठाईने प्रजिअ पन्तले बताउनुभयो । 

त्रिवेणीमा लाभग्राहिको खातामा रकम जम्मा

त्रिवेणी गाउँपालिकाले अस्थायी आवास निर्माणका लागि छनौट भएका लाभग्राहिको खातामा रकम जम्मा गर्न सुरु गरेको छ ।

प्रमुख प्रशासकिय अधिकृत प्रेमबहादुर घर्तीका अनुसार पहिलो चरणमा स्थानीय कोषको खातामा आएको १६ लाख रकम सम्बन्धित लाभग्राहिको खातामा जम्मा गरिसकिएको छ । ६४ जना प्रभावित परिवारको अस्थायी आवास निर्माण वापतको पहिलो किस्ता खातामा जम्मा गरिएको हो । 

दोश्रो चरणमा पनि एक हजार ६० लाभग्राहिको लागि रकम आईसकेकोले आईतबार सम्बन्धितको खातामा जम्मा गरिने प्रमुख प्रशासकिय अधिकृत घर्तीले जानकारी दिनुभयो । 

स्थानीय तहहरुले वडास्तरबाट लाभग्राहि कायम गरेर पठाएका प्रभावितहरुको विवरण पालिकामा एकिन गरेर जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउने क्रम जारी रहेको जनाएका छन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १७:५३
प्रतिक्रिया दिनुहोस्