Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

त्रिवेणी ७ का ६७५ बिद्यार्थीलाई न्यानो कपडा वितरण

बिहीबार, मंसिर १४, २०८०
tribeni2

रुकुम पश्चिम । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका -७ मा रहेका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । 

भूकम्पबाट प्रभावित यस वडाका ६७५ जना विद्यार्थीहरुलाई न्यानो कपडा (स्विटर) वितरण गरिएको हो । संघका अध्यक्ष दिपक पाण्डे र केन्द्रीय सदस्य पृथ्वी पुन मगरले आज साधारण माध्यमिक विद्यालयकामा आयोजित एक कार्यक्रमका बिच बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको हो । 

न्यानो कपडा वितरण गर्नुहुँदै संघका अध्यक्ष पाण्डेले रुकुम जाजरकोटको पीडामा मलहम लगाउन प्रभावित क्षेत्रमा संघ आइपुगेको र भविष्यमा सहयोग गर्न तयार रहेको बताउनुभयो । 

कार्यक्रममा त्रिवेणी गाउँपालिका अध्यक्ष गणेश केसीले विपद्को घडिमा साथ दिन रुकुम पश्चिमसम्म आएकोमा सहयोगी संघलाई धन्यबाद दिनुभयो । उहाँले चिसो समयमा प्रभावित बनेका बालबालिकाहरुको अवस्थालाई मध्यनजर गरेर सहयोग गरेको भन्दै खुशि व्यक्त गर्नुभयो । 

370233499_1392001548410216_8417097913643782512_n1701354493.jpg

संघका केन्द्रीय सदस्य पृथ्वी पुन मगरले आफ्नो गाउँ दुख्दा आफू बेचैन भएकोले सहयोग लिएर आएको बताउनुभयो । उहाँका अनुसार संघका उपत्यका प्रदेश कमिटी प्रमुख टिका कार्की र उहाँ सम्मिलित समितीले अहोरात्र खटेर संघका  सदस्यहरुबाट यो सहयोग संकलन गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेश के सी, वडा नम्वर ७ का वडा अध्यक्ष धनबहादुर खड्का, वडा सदस्यहरु, वडाको ६ वटै विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरु, प्रधानाध्यापकहरु, शिक्षक र बिद्यार्थीहरुको उपस्थिति रहेको थियो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद बुढाको अध्यक्षतामा भएको न्यानो कपडा वितरण कार्यक्रमको सञ्चालन विद्यालयमा शिक्षक धनबहादुर खड्काले गर्नुभएको थियो । शिक्षक पूर्णवहादुर खड्काको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भिमबहादुर बुढाथोकीले समेत मन्तव्य राख्नुभएको थियो । 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  २०:०९
प्रतिक्रिया दिनुहोस्