Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा त्रिपालमूनि बस्दै आएका थप दुई जेष्ठ नागरिकको मृत्यु

शुक्रबार, मंसिर १५, २०८०
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिममा त्रिपालमूनि बस्दै आएका थप दुई जेष्ठ नागरिकको मृत्यु भएको छ । 

बिहिबार राती आठविसकोट नगरपालिका –११ मा थप दुई जनाको मृत्यु भएसँगै चिसोबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ । मृत्यु हुनेहरुमा आठविसकोट नगरपालिका –११ का पाँच जना, वडा नम्वर –१४ का दुई जना र सानीभेरी गाउँपालिका – १ का एक जना रहेका छन् । 

आठविसकोट नगरपालिका वडा नम्वर ११ का वडा अध्यक्ष प्रेमबहादुर पुनका अनुसार बिहिबार राती सोहि वडाको चौरगाँउ बस्ने ७२ वर्षिय मनिराम बस्याल र चिसापानी बस्ने ६६ वर्षिय मने कामीको मृत्यु भएको हो । यसअघि सोहि वडाका ७५ वर्षिय नौले पुन मगरको मङ्सिर ११ गते, ८० वर्षिया पद्मी ओलीको मङ्सिर ५ गते र ७० वर्षिय दत्ते पुनको कात्तिक ३० गते मृत्यु भएको थियो । 

त्यसैगरी आठविसकोट नगरपालिका वडा नम्वर १४ का वडा अध्यक्ष हुकुम बहादुर पुनका अनुसार वडाको पिपलचौर गाउँमा दुई जनाको मृत्यु भएको हो । त्रिपालमूनि बस्दै आउनुभएका स्थानीय ६८ वर्षिय टिकु जैसीको मङ्सिर १० गते र खलीे मङ्सिर १२ गते मृत्यु भएको हो । 

सानीभेरी गाउँपालिकामा पनि चिसोको कारण एकजनाको मृत्यु भएको छ । सानीभेरी गाउँपालिका– १ जंगलगाउँकी ६२ वर्षिया नन्दकली पुनको मङ्सिर  १० गते मृत्यु भएको वडाध्यक्ष टेकबहादुर पुनले बताउनुभयो ।

भूकम्पको कारण घर बस्न नमिल्ने भएपछि मृतक सबैजना त्रिपालमा बस्दै आएको बताईन्छ । मृतक जेष्ठ नागरिकहरु दिर्घ रोगी रहेको समेत बताईएको छ । चिसो बढीरहेको र हजारौ सर्वसाधारणहरु त्रिपालमा बस्नुपर्ने बाध्यता रहेकोले जेष्ठ नागरिक, बालबालिका र सुत्केरीहरु बढी प्रभावित भएको पाईन्छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १४:३४
प्रतिक्रिया दिनुहोस्